बानपा १३ पैँयुँपाटालाई खरको छाना मुक्त बनाउने अभियानमा वडा कार्यालय !

बागलुङ २०७६ बैशाख २१ । बागलुङ नगरपालिका–१३ पैयुँपाटालाई खरको छाना मुक्त बनाईन थालिएको छ । वडा कार्यालयको पहलमा खरको छाना भएकालाई जस्ता पाता वितरण गरिएको छ । हावा हुरी र आगलागिको जोखिम अन्त्य गर्नका लागि यो अभियान थालिएको हो । कार्यालयले वडा भित्र रहेका विपन्न नागरिकका गोठ सुधारका लागि जस्तापाता वितरण गरेको छ । वडा भित्रका स्थानिय आठ घरपरिवारको गोठ सुधारका लागि जस्ता पाता वितरण गरिएको वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए ।

वडालाई खरको छाना मुक्त बनाउने उद्देश्यले बाख्रा पालक किसानका लागि जस्ता पाता वितरण गरिएको हो । त्यसै गरी वडा भित्रका ७ वटा आरन संचालक व्यवसायीलाई पनि जस्ता पाता वितरण गरिएको छ । आरनमा आगोलागीको जोखिम अन्त्यका लागि र व्यवसायलाई व्यवस्थित बनाउनका जस्ता पाता वितरण गरिएको हो ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी वडाका सम्पुर्ण उपभोक्ताको माजमा जस्तापाताको साथ अन्य सहयोग हस्तान्तरण गरेको छ ।

वडामा रहेका २८ कृषकहरुका लागि प्लाष्टिक टनेल, महिला आमा समुहका लागि प्लाष्टिकका कुर्ची, कुखुरा पालन व्यवसायीलाई फिडर र डिंकर, माछा पालक कृषकलाई पाईप र अभिभावक नभएका विपन्न विद्यार्थीलाई विद्यालय पोशाक को साथमा शैक्षिक सामाग्री वितरण गरिएको छ ।

वडा कार्यालयको यसै आर्थिक वर्षको कार्यक्रम अन्तरगत व्यवसायी तरकारी खेती गर्ने कृषकका लागि प्लाष्टिक टनेल, १७ जना कुखुरा पालक कृषकलाई फिडर र डिंकर वितरण तिन जना माछापालक कृषकका लागि आवश्यक प्लाष्टिककको पाईप वितरण गरेको हो । त्यसै गरी वडा भित्रका ३१ वटा महिला समुहलाई ३१३ कुर्ची कुर्चि वितरण गरिएको छ । त्यसैगरी वडा भित्रका अभिभावक नभएका ४० जना विद्यार्थीलाई विद्यालय पोशाक र आवश्यक शैक्षिक सामाग्री वितरण गरिएको अध्यक्ष पौडेलले बताए ।

कार्यालयबाट प्लाष्टिक कुर्चिको लागि १ लाख रुपैयाँ बाख्रा, कुखुरा पालनका लागि १ लाख रुपैयाँ माछा पालनका लागि एक लाख रुपैयाँ आरन सुधारका लागि ५० हजार र विद्यार्थीलाई पोशाक शैक्षिक सामाग्रीका लागि एक लाख रुपैया गरी कुल ४ लाख ५० हजार रुपैया विनियोजन गरिएको वडा अध्यक्ष पौडेलले जानकारी दिए । वडाले विपन्नका लागि थप कार्यक्रम पनि अगाडी सार्ने अध्यक्ष पौडेलले बताए । कार्यक्रममा वडा भित्रका राजनैतिकदल, विद्यार्थी, र उपभोक्ता समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *