धागीथुममा कांग्रेसको शक्ति प्रदर्शन ; अन्य दलका ६ दर्जन कार्यकर्ता काँग्रेसमा प्रवेश !

प्रेम सुनार, गुल्मी, २०७३ १३ । अर्वेनी अग्लुङ्ग अभियानमा जुटेको नेपाली कांग्रेस गुल्मीले रेसुङ्गा नगर कमिटी वडा नम्वर २ को धागीथुममा शक्ति प्रदर्शन गरेको छ । सो पार्टीको २ नम्वर वडा कमिटीले आयोजना गरेको वडा स्तरिय पार्टी सुदृढीकरण भेलामा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले विपक्षीहरुले कांग्रेस पार्टीलाई पुँजीपतिहरुको पार्टी भनेर गलत प्रचार गरेको तर कांग्रेस पार्टी सवै खाले वर्ग समुदायको पार्टी भएको बताएका थिए ।

त्यस कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा ७० जना भन्दा बढि कार्यकर्ता प्रवेश गरी रहँदा सभापति श्रेष्ठले सञ्चार माध्यम संग प्रति प्रश्न गर्दै भने–‘ हिजो एमालेमा ९ जना प्रवेश गर्दां कांग्रेसमा पहिरो , एमालेमा ओईरो भनिन्छ भनेर प्रचार गरिन्छ भने आज हाम्रो पार्टीको यो प्रवेशलाई के भन्नु हुन्छ ? ’

उनले कांग्रेसमा जनलहर पहिले भन्दा बढेको दावी गर्दै अग्लुङ्ग अवेनी अभियानको आज अग्लुङ्गमा पुगेर भव्य कार्यक्रमका विच समापन गरिने जानकारी दिए ।

कार्यक्रममा अर्वेनी अग्लुङ्ग अभियान रेसुङ्गा नगर कमिटी संयोजक शालिक पन्थी, जिल्ला पार्टी सचिव विष्णुकुमारी सापकोटा , ३ नम्वर क्षेत्रिय सभापति भगतसिंह खड्का , जिल्ला सदस्यहरु अमृतादेवि कुँवर , थम्मन केसी, सिता वलाल, रेसुङ्गा नगर सभापति छवि पाण्डे, नेवि संघ सभापति झविन्द्र पाण्डे, महिला नेतृ राधा पन्थी लगायतका नेता नेतृहरुले मन्तव्य राखेका थिए ।

वडा सभापति हिराबहादुर थापको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति गंगा थापाको स्वागत मन्तव्य र सचिव सन्तोष थापाको सञ्चालन रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *