गण्डकी प्रदेशकै पुरानो बिद्यालयप्रति स्थानीय सरकार किन कृतघ्न ?
बिद्यामन्दिर माध्यमिक बिद्यालयको भवन निर्माणगर्न बागलुङ नगरपालिकाकोअसहयोगको चौतर्फी निन्दा !

नवनिर्मित भवनको पूर्व प्रधानन्यायाधीश श्रेष्ठले बैशाख २५ गते उद्घाटन गर्ने ।

तारा प्रसाद शर्मा, बागलुङ २०७६ बैशाख २० । भूकम्पले क्षती पु-याएपछि नव निर्मित बिद्यालय भवनको निर्माणका लागि स्थानिय सरकारवाट सहयोग नभएको भन्दै बिद्यामन्दिर माविका अभिभावकहरुले गुनासो गरेका छन् ।

धौलागिरि कै सवैभन्दा जेठो बिद्यालयको रुपमा परिचित बिद्यामन्दिर माविको भवन २०७२ सालको भुकम्पले क्षती पु¥याएपछि पुनर्निर्माण गरिएको भवनको निर्माणका लागि बागलुङ नगरपालिका लगाएत कुनैपनि स्थानिय सरकारले सहयोग नगरेको अभिभावकहरुले आरोप लगाएका हुन् ।

बिभिन्न व्यक्तिहरुको आर्थिक सहयोग र धनधान्याञ्चल महायज्ञबाट संकलित रकमवाट निर्माण गरिएको २६ कोठे भवनको उद्घाटनका वारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारीले बागलुङ नगरपालिकालाई पटकपटक आग्रह गरिएपनि कुनै सुनुवाई नभएको स्पष्ट पारे ।
बागलुङ समाज काठमाण्डौ, बिभिन्न व्यक्तिहरु र बिद्यालयमा लगाइएको धन धान्याञ्चल महायज्ञबाट उठेको करिव ५ करोड रकमवाट निर्माण भएको भवनको यहि बैसाख २५ गते बिद्यालयका पूर्व बिद्यार्थी एवँ पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष राजभण्डारीले ईबागलुङलाई बताए ।

१९९७ सालमा शिक्षा सेवी ओमप्रसाद गौचन र मेघकुमार बैधले स्थापना गरेको बिद्यालय गण्डकी प्रदेशको सबैभन्दा पुरानो सामुदायिक बिद्यालयलाई नमुना बिद्यालय बनाउने योजना ब्यबस्थापन समितिले बनाएको समितिका अध्यक्ष राजभण्डारीले जानकारी दिए ।

स्थानिय तहवाट कुनै सहयोग नभएपनि दानदाताहरुवाट उत्साह जनक सहयोग भएको र जसका कारण भवन निर्माण कार्य सफल भएको जानकारी दिदै भवन निर्माण समितिका अध्यक्ष लालचन्द्र राजभण्डारीले २६ वटा कोठाका लागि प्रति एक परिवारले १२ लाख ५० हजार दान गरेको र उनिहरुकै नामवाट कोठा निर्माण गरिएको बताए ।
भवन निर्माणका लागि १५ लाख सम्म सहयोग गर्नेहरु पनि रहेको उनको भनाई थियो । उनले भवन निर्माणका क्रममा करिव ४० लाख ऋण रहेको जानकारी साझा गरेका थिए ।

भवन निर्माण समितिका सदस्य देवबहादुर श्रेष्ठले सवैको सकरात्मक तथा आर्थिक सहयोगका कारण भवन निर्माणमा सहज भएको उल्लेख गर्दै अव भवनको साथसाथै पढाई पनि गुणस्तरीय हुनेमा बिश्वास व्यक्त गरे ।

बिद्यालयको समग्र गतिविधीका वारेमा जानकारी दिदै प्रधानाध्यापक जगन्नाथ आचार्यले भौतिक निर्माण संगसंगै गुणस्तरीय शैक्षिक बिकासका लागि बिद्यालय निरन्तर रुपमा लागि परेको बताए ।
उनले भवन पूर्ण रुपमा सम्पन्न हुनका लागि अझै केहि समय लाग्ने बताउँदै भवनको उद्घाटन र स्मारिका बिमोचन संगसंगै हुने जानकारी दिए ।

२०६१ सालमा अञ्चलमै पहिलो बिज्ञान संकाय शुरूवात गरेको बिद्यालयमा शिक्षा संकाय, मानवीकी संकाय, ब्यबस्थापन संकाय, एजुकेसन साइन्सको पढाइ संचालन भइरहेको र कक्षा ७ सम्म अंग्रेजी माध्यममा पढाई संचालन भएको आचार्यको भनाई थियो । कक्षा नर्सरी देखि १२ कक्षा सम्म पढाइ हुने बिद्यालयमा अहिले करिव १ हजार ४ सय बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयले जनाएको छ ।

स्मरणीय के छ भने, हालका प्रधानाध्यापक जगन्नाथ आचार्यको पदावधि यसै बैशाख महिनामा सकिदैछ । केहि महिना पहिले देखी नै बागलुङ नगरपालिकाका शिक्षा प्रमुखलाई बिद्यमन्दिरमा स्थानान्तरित गरेर जेष्ठताको आधारमा प्रधानाध्यापक नियुक्त गर्ने नगरप्रमुख जनकराज पौडेलको कुत्सित उद्देश्य बिद्यालय व्यवस्थापन समिति र अभिभावक समामाजिक अभियन्चताहरुको बिरोधका कारण पूरा हुने नदेखेपछी बागलुङ नगरपालिकाको बिद्यामन्दिर प्रति कुदृष्टि रहदै आएको स्थानीयको आरोप छ ।

यो लिंक पनि पढौँ
को बन्ला बिद्यामन्दिर माध्यमिक बिद्यालयको प्रधानाध्यापक ?

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.