राज्यको चौथो अंङ्ग पत्रकारिता जगत प्रलोभनमा चुक्यो, जिम्मेवार र जवाफदेही पत्रकारिताको अभाव : बक्ता

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख २० । १९ औ विश्व प्रेस स्वतन्त्रता दिवस बागलुङ्गमा पनि अन्तरक्रिया कार्यक्रम गरि मनाईएको छ । नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाले प्रेस स्वतन्त्रता दिवस प्रेस स्वतन्त्रताः अधिकार र अभ्यास बिषयक अन्तरक्रिर्या कार्यक्रम गरी मनाएको हो ।

सो अवसरमा बोल्ने सहभागीले राज्यका बिभिन्न अंङ्ग प्रेस स्वतन्त्रताको पक्षमा कमजोर देखिएको बताएका थिए । परिवर्तनका बिभिन्न आन्दोलनमा महत्वपुर्ण भुमिका निर्वाह गरेका संचारमाध्यम र संचारकर्मी माथि राज्यले यो वा त्यो ढंङ्गले अंकुश लगाउन खोजेको भन्दै सहभागिले पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी हुनुपर्नेमा जोड दिएका थिए ।

सहभागीले जिम्मेवार र जवाफदेही पत्रकारिताको अभाव रहेको समेत बताए । समाजको चौथो अंङ्गको रुपमा मानिएको पत्रकारिता जगत अहिले पनि बिभिन्न प्रलोभनमा चुकिरहेको चर्चा गर्दै सहभागीले स्वतन्त्र पत्रकारिताले मात्र समाज बदल्नेमा जोड दिएका थिए ।

सो अवसरमा बोल्दै नागरिक समाजका संयोजक काजिगाउले श्रेष्ठले पत्रकारिता क्षेत्रले राज्यका हरेक निकायलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्ने बताए । पत्रकारितालाई प्रभावकारी रुपमा अगाडी बढाउनका लागि संचारकर्मी र संचारमाध्यम दुबै शसक्त हुनुपर्ने भन्दै उहांले पत्रकारको लागि उचित पारिश्रमिकको ब्यवस्था हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासघं बागलुङ्ग शाखाका पुर्ब अध्यक्ष राम बहादुर जिसीले राज्यका अंङ्गहरुलाई सहि ट्राकमा ल्याउनका लागि पत्रकारिता क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पत्रकार बिचको समन्वय एकता र सहकार्यले संचार जगतमा भएका समस्याको समाधान गर्न सकिने भन्दै उहांले तथ्यमा आधारित पत्रकारिता हुनुपर्ने बताए ।

महासघंका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले जिल्लामा जोखिम मोलेर खोज पत्रकारिता गर्नेको संख्या न्युन रहेको बताउदै निष्पक्ष र ब्यवसायिक पत्रकारिताले समाज बदल्न सक्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार कोपिला कँडेल, राष्ट्रिय फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य किरण आचार्य र प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सदस्य ताराप्रसाद शर्माले मंतव्य व्यक्त गरेका थिए ।

कार्यक्रम पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षता, सदस्य नारायण रिजालको स्वागत र सह–सचिव नविन शिशिरको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *