गल्कोट नगरपालिकाको स्थापना कालका निमित्त प्रमुख शर्मालाई बिदाई !

घनश्याम गौतम गल्कोट २०७६ बैशाख २० । गल्कोट नगरपालिकाको स्थापना कालमा निमित्त प्रमुखको जिम्मेबारी सहित गल्कोट आउनुभएका माधब प्रसाद शर्मालाई आज गल्कोट नगरपालिकाले बिदाई गरेको छ । शर्माको बागलुङ नगरपालिकामा सरुबा भएको छ । शर्मा राज्यको पुर्नसंरचना संगै. गल्कोट नगरपालिकाको कार्यालय स्थापनामा गदैं २०७३ साल फागुनको २७ गते गलकोट नगरपालिकाको निमित्त कार्यालयको जिम्मेबारी सम्हालेका थिए । शर्मा चैत्र १२ गतेदेखी नायब सुब्बाको रुपमा कार्यरत रहेका थिए ।

शर्मा समायोजनबाट अधिकृत छैंटौं पदमा बढुवा भई बागलुङ नगरपालिका जान लागेका हुन् ।

शर्मालाई बिदाई गदैं नगरप्रमुख भरत शर्मा गैरेले गलकोट नगरपालिकामा रहदा शर्माले पुर्याएको योगदान र कार्यसम्पादन शैलीको प्रसंशनीय रहेको बताउदै शुभकामना दिएका थिए ।

सो अबसरमा गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बिदाई तथा शुभकामना मन्तब्य राखेका थिए । बिदाई हुन लागेका शर्माले गलकोट नगरपालिकाको कार्यालयमा कार्य सम्पादन गर्दाको अनुभव ब्यक्त गरेका थिए ।

बिदाई कार्यक्रम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता तथा प्रशासकीय अधिकृत तुल बहादुर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *