निसीखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न : हरेक गतिविधिहरु पारदर्शी बनाउन जनप्रतिनिधी प्रतिवद्ध !

रोशन थापा, निसीखोला २०७६ बैशाख २० । निसीखोला गाउँपालिकाको आयोजनामा आज गाउँपालिकास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को वजेट कार्यान्वयन तथा प्रशानिक सेवा सञ्चालन सन्दर्भमा नागरिक र सरोकारवालाबीच सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले आफ्ना सबै गतिविधिहरु पारदर्सि बनाउने प्रतिवद्धता जनाएका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन गरेको विकास वजेटको कार्यान्वयन पक्ष तथा सामाजिक सेवा अन्तरगतका कार्यक्रमहरु के कसरी सम्पादन भए भन्ने विषयमा जनतालाई जानाकारी दिने र जनताको तर्फबाट समेत आवश्यक राय सुझाव तथा सल्लाहका लागि सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार पूर्ण शुसासनयुक्त गाउँपालिका, पारदर्सि र मितव्ययी प्रशासन, जफावदेही र जनउत्तरदायी जनप्रतिधिहरु रहने गाउँपालिका अध्यक्ष पौडेलको प्रतिवद्धता रहेको थियो ।

गाउँपालिकाको चौथो गाउँसभाले विनियोजन गरेको बजेट सम्पादनका विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले स्पष्ट पारेका थिए । प्रशासकीय अधिकृत आचार्यले दिभएको जानाकारी अनुसार आर्थिक वर्ष २०७५÷०७६ का लागि गाउँपालिकाको कुल वजेट २८ करोड ५६ लाख ७३ हजार रहेको बताउनुभयो । गाउँपालिकाको पूजीगत तर्फ १४ करोढ ५१ लाख ७३ हजार, शसर्त अनुदान तर्फा ९ करोढ ६५ लाख तथा चालु तर्फ ४ करोड ४० लाख विनियोजन भएकोमा यस आर्थिक वर्षको चैत्र मसान्त सम्ममा ४५ प्रतिशत भन्दा बढी वजेट फरछ्यौट भइसकेको छ । उजले आगामी जेठ महिनासम्म सबै योजना तथा कार्यक्रमहरु सम्पन्न भइसक्ने गरी कार्य सम्पादन अघि बढेको बताए ।

स्थानीय तहले दिने सेवा तथा गाउँपालिकाका जनताले लिने सोवाका विषयमा गुनासो सुन्ने तथा आगामी दिनमा थप व्यवस्थित ढंगले कार्य सम्पादन गर्ने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका सबै वडाका जनताले आ आफ्ना पायकपर्ने वडा तथा गाउँ टोलस्तरका योजना कार्यान्वयनको पक्ष, बजेट अनुसार निर्माण भएका कार्यक्रम तथा सञ्चालन प्रक्रियाका सवालहरु र गाउँपालिकाको कार्यालयका तर्फबाट भएका सेवा प्रवाह सन्र्दभमा प्रश्न जिज्ञासा तथा सुझावहरु राखेका थिए ।

गाउँपालिकासँग जोडिएको उत्तरगंगा जलाशययसक्त जलविद्युत आयोजना निर्माण प्रक्रियाको सवाल, निर्माणधीन मध्यपहाडी लोकमार्ग तथा सालझण्डी ढोरपाटन सडक लगायतका राष्ट्रिय गौरवका आयोजनाका सवालमा समेत सहभागीले गाउँपालिकाको ध्यानाकर्षण गराएका छन् । यस्तै गाउँपालिका, प्रदेश तह र संघीय सरकारका तर्फबाट विनियोजन भइ कार्यसम्पादनमा आएका योजना र प्रक्रियाका विषयमा समेत स्थानीयले प्रश्न राखेका थिए । गाउँपालिकाको आफ्नै कार्यक्रम अनुसार शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, खानेपानी सडक, पर्यटन, तथा गाउँपालिकाको कार्यालय व्यवस्थापनका विषय देखि लक्षित वर्गको कार्यक्रम र योजना , रोजगार सन्दर्भका प्रश्नहरु समेत सहभागीका तर्फबाट राखिएको थियो । गाउँपालिकाको समग्र विकास तथा निती कार्यक्रम सँगै वडा स्तरका योजना तथा सेवा प्रवाह, न्यायिक समितिको भूमिका र कार्यक्रमका सवालहरु कार्यक्रममा सहभागीहरुले उठान गरेका थिए ।

योजना छनौट, उपभोक्ता समिति निर्माण, योजना सकिएपछिको साकानिक परीक्षण तथा समय समयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी जनतालाई गाउँपालिकाका सबै गतिविधिको जानाकारी दिन सहभागीले राय प्रस्तुत गरेका थिए । स्थानीय स्तरमा हुने सर्ब विकास निर्माण तथा सामाजिक विकासमा राजनैतिक दलका प्रतिनिधि तथाद सरोकारवालाहरुसँग जनप्रतिनिधिहरु साझेदारी गरेर जान समेत आग्रह गरेका छन् । कार्यक्रममा उठेका तथा उठाइएका सवालहरुको जवाफ दिंदै सिंगो गाउँपालिका जनउत्तरदायि भएर काम गर्न तयार भएको भन्दै सधै जनतासँग सहकार्य गरेर जाने प्रतिवद्धता जाहेर गरिएको थियो ।

पारदर्शी र सुशासनयुक्त प्रशासन, उत्तरदायी र जवाफदेही जनप्रतिनिधि, सचेत तथा जागरुक नागरिकको एकरुपताले नै लोकतन्त्र बलियो हुने भएकाले, स्थानीय सरकारको सेवा प्रवाहलाई छिटो, छरितो बनाउन यसखालको कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने सार्वजनिक सुनुवाइका सहजकर्ता एवं रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले कार्यक्रमको अन्तमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभाकुमारी कार्की, वडा नं. १ का वडा अध्यक्ष ईन्द्र मल्ल, वडा नं. २ का वडा अध्यक्ष कुविर विश्वकर्मा, वडा नं. ३ का वडा अध्यक्ष जुन विक्रम शाही, वडा नं. ४ का वडा अध्यक्ष टीकानिधि पौडेल वडा नं. ५ का वडा अध्यक्ष हर्कमान घर्ति, वडा नं. ६ का वडा अध्यक्ष सुर्य बहादुर घर्ती, वडा नं. ७ का वडा अ्ध्यक्ष तेजिन्द्र विक्रम कुवँर लगायत गाउँपालिकाका विषयगत कार्यलयका प्रमुख, राजनैतिक पार्टि प्रतिनिधि, समाजसेवी बुद्धिजीवीहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख पुरुषोत्तम गौतमको स्वागत मन्तव्य र रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीको सहजीकरणमा सम्पन्न भएको थियो । सार्वजनिक सुनुवाइको रेडियो परिवर्तन र रेडियो ढोरपाटनले सहजीकरण गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.