ताराखोला – ४ को वडा भेला सम्पन्न / वडा शिक्षा समिती र सामुदायिक स्वास्थ इकाइ भवन निर्माण समिती गठन

पूर्णभद्र निउरे, ताराखोला २०७६ बैशाख २० । ताराखोला गाउँपालिका को वडा न ४ को वडा भेला आज सम्पन्न भएको छ । भेलाले वडा न ४ मा सामुदायिक स्वास्थ इकाइ भवन निर्माणका लागि सम बहादुर थापाको अध्यक्षतामा ११ सदस्यीय भवन निर्माण उपभोक्ता समिती गठन गरेको छ । समितिको उपाध्यक्षमा भपिन्द्र घर्ती सचिबमा गोबिन्दलाल घर्ती , कोषाध्यक्ष मा तारामाया घर्ती र सदस्यहरुमा मनबिर बि क , भबिलाल गोतामे , दल बहादुर खत्री , शष बहादुर पुन ,दिल कुमारी खत्री र बासमती बुढाथोकी चयन भएका छ्न ।

यस अघि कुनै पनि स्वास्थ सुबिधा नभएको ताराखोला गाउपालिका भित्रको वडा न ४ मा यश आर्थिक बर्षमा गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रालय बाट स्वास्थ इकाइ भवन निर्माणका १६ लाख बजेट बिनियोजन भएको र भवन निर्माणका लागि ताराखोला ४ डोगाडिका धन बहादुर थापाले १ रोपनी जग्गा निशुल्क प्रदान गरेको वडा अध्यक्ष जित बहादुर खत्री ले जानकारी दिए ।

यसै गरि भेला वडा अध्यक्ष जित बहादुर खत्री को अध्यक्षता मा ७ सदस्यीय वडा शिक्षा समिति को पनि गठन गरेको छ । समितिको सद्स्य हरुमा कुल बहादुर खत्री , थम प्रसाद रोका ,पुर्णभद्र निउरे , तम बहादुर घर्ती , गोबिन्दलाल घर्ती र सद्स्य सचीवमा हरि बहादुर पुन रहेका छन ।

भेलामा ताराखोला गाउँपालिका का उपाध्यक्ष दिल कुमारी पुन रोकाको बिशेष आतिथ्यता वडा अध्यक्ष जित बहादुर खत्रीको अध्यक्षता र वडा सचीव हरि बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.