प्रजिअ खरेलले पु-याएको सेवाको जिल्लावासीव्दारा मुग्धकण्ठले प्रशंसा !
छोटो समयमै जिल्लाबासीको हाईहाई कमाएर सरुवा भए प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल !

बागलुङ २०७६ बैशाख २० । जिल्ला प्रशासन कार्यालय, बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन शाखामा सरुवा भएको छ । बागलुङ जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारीमा काठमाडौ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री स्थानान्तरित भएका छन् । बागलुङ जिल्लामा सरुवा भएर आएको ११ महिनामा प्रजिअ खरेलको सरुवा भएको हो ।

जिल्लामा सेवाग्राहीहरुलाई छिटो छरितो एवं पारदर्शी सेवा प्रवाह गर्ने देखी जिल्ला प्रशासन कार्यालयलाई स्मार्ट कार्यालयमा रुपान्तरित गर्न प्रजिअ खरेलको महत्वपूर्ण योगदान रहेको छ । कर्मचारीहरुलाई ड्रेसकोट अनिर्वार्य, छड्के हाँजिरी, कर्मचारीहरुवीच समन्वय कायम गरी सेवाग्राहीलाई सम्मान सहितको सेवा प्रवाह, प्रत्यक महिना जिल्ला स्थित कार्यालयहरुका प्रमुख तथा सूचना अधिकारीहरु र पत्रकारवीच अन्तरक्रियात्मक कार्यक्रमगरी मासिक कार्यको प्रगति प्रतिवेदन पत्रकार महासंघलाई उपलव्ध गराउने परिपाटीको विकास प्रजिअ खरेलको उल्लेख्य कार्य मानिएको छ ।

जिल्लाका कुनैपनि भागमा दैवी विपदका घटना घट्न गएमा राति नभनि उद्दारको लागि तत्कालै तत्क्षेत्रमा पुग्ने प्रजिअ खरेलको स्वभावले जिल्लावासीलाई आकर्षित बनाएको थियो । चाहे दुर्गम गाउपालिका या नगरपालिका घुम्ती शिविर सन्चालन गरेर दूरदराजका अशक्तजनहरुलाई नागरिकता, अपांगता, एकल महिला परिचय वितरण किन नहोस वा निसीको पहिरो, तुरतुरको पहिरो, बरेङको पहिरो, विहुँ काउलेको भूस्खलनबाट घरबार विहीन भएका दलित वर्ग वा वेमौसमी वर्षाले दुदिलाभाटीको गौदी खोलामा आएको बाढी पहिरोले पुराएको क्षती किन नहोस वा हटिया बजारमा भएको आगलागीको घटना किन नहोस प्रजिअ खरेलको टोली त्यस स्थानमा पुगेर उद्दार कार्य गरेका थुप्रे उदाहरणहरु जिल्लावासीहरुले बिर्सन सक्तैनन् । ११ महिनाको छोटो समयमा आफु जन्भिएको जिल्लामा प्रजिअको हैसियतमा आएर पुराएको सेवाको जिल्लावासीले मुग्धकण्ठले प्रशंसा गरिरहेका छन् ।

यो समाचार लेखिरहँदा प्रमुख जिल्ला अधिकारी खरेलको सम्मानमा जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख सूचना अधिकारी विभिन्न राजनीतिक दलका प्रतिनिधी संघसंस्थाका प्रतिनिधी, समाजसेवी, बुद्धिजीवी पत्रकार लगायत विशाल जनसमुदायले भावपूर्ण विदाई कार्यक्रमको आयोजना गरी उनको प्रशंसा गरिरहेका छन् ।

सम्वन्धित लिंकहरु:

म जिल्लाबासी तपाईहरुको साथी, प्रजिअ भएर आएकोछु, हातेमालो गरेर अगाडी बढ्छु : प्रजिअ खरेल
प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई जन्म ठाउँ ग्वालिचौरमा यसरी गरियो स्वागत (तस्बीर)
आसन छड्केमा १६ जना कर्मचारी परे : परिचयपत्र र पोशाक नलगाउने कर्मचारीलाई कार्बाही हुन्छ – प्रजिअ
गल्कोट काँडेवासमा सन्चालित घुम्ती सेवा शिविरमा सेवाग्राहीको भीड, राति पौने ८ बजेसम्म शिविर जारी
आजको तस्वीर : बलेवा महोत्सवमा प्याराग्लाईडिङको आकर्षण !
ठुलो पूण्यको काम गरिएको अनुभूति भएको छ : प्रजिअ खरेल
प्रजिअ खरेलबाट राहत रकम थापी रहँदा मानबहादुर शाहीको आँखाबाट आँशुको बलेनीधारा झरी रह्यो …!
प्रजिअ खरेलसंग अन्तरंग कुराकानी : जिल्ला प्रशासन, स्मार्ट कार्यालयको रुपमा फड्को मार्दै …!
जिल्ला प्रशासन कार्यालयमा छिटो छरितो सेवा प्रवाहमा देखिएको परिवर्तनको प्रशंसा !

गल्कोट रिघामा घुम्ती शिविर : सुस्त:मनस्थितिकी महिलालाई नागरिता प्रदान गर्दा सबैका आँखा रसाए !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.