प्रभु बैंकव्दारा पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण !

सुरेश छन्त्याल, गल्कोट पाण्डबखानी २०७६ बैशाख २० । प्रभु बैंक लिमिटेड शाखा कार्यालय गलकाेटले सामाजिक उत्तरदायित्व अन्तरगर्गत गलकाेट नगरपालिका वार्ड न.१० पाण्डबखानीमा सामाजिक सुरक्षा भत्ता वितरण गरेकाे छ ।

गलकाेट नगरपालिकाकाे सहयोगमा प्रभु बैंक लिमिटेड गल्काेट शाखाका शाखा प्रबन्धक कृष्णहरि भण्डारीकाे नेतृत्वमा यस बैंकका संञ्चालन प्रमुख शिशिरबम मल्ल,सम्बन्ध अधिकृत प्रकाश सुवेदी,सुरक्षा गार्ड खिमबहादेर मल्लद्धारा सामाजिक सुरक्षा भत्ता पाण्डबखानीकाे वडा कार्यालयमा वितरण भैरहेकाे छ । उक्त सामाजिक सुरक्षा भत्ता वितरण काय वडाका ८७ वर्षकी ललिता श्रीस र ८५ वर्षका धनबहादुर पुनबाट वितरण सुरू गरिएको र उक्त कार्यक्रममा संिवधान सभा सदस्य निरज पुन,वडा सदस्य धनबहादुर सुनार,राधिका पुन,रामप्रसाद वि.क बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे थियाे भने भाेलि गल्काेट नगरपालिका १० पाण्डबखानीकाे रमुवामा वितरण गर्ने प्रभु बैकका संञ्चालन प्रमुख शिशिरबम मल्लले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *