बाबु सुतिरहेकै समयमा गाडीको चापी झिकेर चलाउदा झण्डै गएन छोराको ज्यान !

भरत सापकोटा, बिहुँ २०७६ बैशाख २० । बाबु घरमा सुतिरहेको मौकामा छोराले जीपकोे चापी झिकेर जीप (गाडी) चलाउदा झण्डै बुद्धम शरणम गच्छामी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

काठेखाला गाउँपालिका बिहुँ ५ को घोँडाबाँधेका गोविन्द परियारले चलाउदै आएको ध१ज ८३ नम्बरको जीप निजका १४ वर्षिय छोरा मेखबहादुर परियारले चलाएर घोँडाबाँधेबाट मिलनचोक आउदै गर्दा असन्तुलितभै सडकमा दुर्घटना हुँदा निजको हात भाँचिएको प्रहरीले जानकारी दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.