फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्मालाई ‘गफडी मेयर’को संज्ञा : सामाजिक सन्जालमा आलोचना !

पर्वत २०७६ बैशाख २० । फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्मालाई गफाडी नगरप्रमुख (मेयर) भनेर सामाजिक सन्जालमा टिप्पणी हुन थालेको छ । ,नगरपालिकामा बिकास नगरेको भन्दै सामाजिक संजालमा शर्माको आलोचना हुन थालेको हो ।

चुनाबका बेला चर्का चर्का भाषण गरेर जनतामा आशा जगाएका फनपाका नगरप्रमुख शर्माले नगरपालिकामा बिकास गर्लान भन्दा उल्टै गफै गफमा जनता भुलाएको नगरका जनताको आरोप छ । युवा र जोशिलो नगरप्रमुख पायौ अब नगरको बिकास तिब्र गतिमा हुन्छ भन्ने उनका पार्टी कार्यकर्ताले आशा गरेका थिए तर अहिले तिनीहरुलाई समेत नगरप्रमुख शर्माले निराशा पैदा गराइदिएको बताई रहेका छन् । फ़नपाका मेयर शर्माले नगरमा बत्ति बाल्ने अनि माला लगाउने मात्र काम गरेको भन्दै वडा न।११ पाङराङ घर भई हाल मलेशियामा कार्यरत निल बहादुर कुवर आफुलाई पर्वते कान्छा नामले चिनाउने एक व्यक्तिले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसो भनेका छन् ‘फलेवाश नगरपालिका प्रमुख पदमपाणी शर्माले पनि ५ बर्ष गफ दियर बिताउने भय अर्को चुनाब मा ०००० ०’ उनी मात्र होइन नेकपाका आम नेता कार्यकर्ताले समेत मेयरको काम गर्ने कार्य ठिक नभएकोले फलेवास नगरपालिकामा आगामी चुनाबमा नेकपा नराम्रो संग पछारिने बताएका छन् ।आफु खुसी एकलौटी निर्णय गर्ने र आफु बाहेक अरु कोहि जान्ने बुझ्ने छैन भन्ने अहमता मेयर शर्माले देखायकोले,शर्मालाइ धेरैले गफाडी मेयर भनेको आफुले सुन्नु पर्दा दु:ख लागेको नेकपाका एक नेताले बताए ।

स्मरण रहोस, नगरमा निर्बाचित वडा अध्यक्षहरुले पनि बजेट विनियोजनमा होस् वा अन्य योजना निर्माणमा समेत आफ्नो अधिकार मेयर शर्माले खोसेको यस अगाडी नै बारम्बार भन्दै आइरहेका छन् भने उपमेयर मन्जु अधिकारिले समेत मेयर शर्माको कार्यशैली प्रति बेला बेला असन्तुष्टि जनाउदै आएकी छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.