बागलुङ जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका प्रस्ताव !

६ मध्ये ५ गाउँपालिका खोलाको नाममा !

बागलुङ २०७३ पुस २३ । स्थानीय तह पुनर्संरचना आयोगले शुक्रवार प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन अनुसार बागलुङ जिल्लामा बागलुङ, गल्कोट, ढोरपाटन र जैमुनी गरी चार नगरपालिका तथा काठेखोला, ताराखोला, निसीखोला, तमानखोला, बडीगाड (खोला) र बरेङ गरी ६ गाउँ पालिका प्रस्ताव गरिएको छ ।

यसैगरी बागलुङको छिमेकी जिल्ला पर्वतमा कुस्मा र फलेवास दुई नगरपालिका प्रस्ताव गरिएको छ भने जलजला, पैयुँ, महाशिला, मोदी र विहादी समेत पाँच गाउँपालिका निर्धारण गरिएको छ ।

अर्को छिमेकी जिल्ला म्याग्दीमा एक बेनी नगरपालिका र अन्नपूर्ण, धौलागिरि, मंगला, मालिका र रघुगंगा समेत पाँच गाउँपालिका सिफारिस गरिएको छ ।

त्यस्तै हिमालपारीको मुस्ताङ जिल्लामा पाँच गाउँपालिका प्रस्ताव गरिएको छ । मुस्ताङमा नगरपालिका छैन ।

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी प्रतिवेदन लागु गरेपछी यसअघीका स्थानीय निकायहरु स्वत: विघटन हुने संवैधानिक व्यवस्था छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *