अधिकारीचौरमा झोलुङ्गगे पुल निर्माण कार्य सुरु : अब २० मिनेटको बाटो २ मिनेटमै !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ बैशाख २० । ढोरपाटन नगरपालिका ५ साविक अधिकारीचौर गाविसमा २ सय ९१ मिटर लामो र २ सय ५० मिटर अग्लो झो लुङ्गगे पुल निर्माणको काम सुरु भएको छ ।

आर्थिक बर्ष २०७४÷७५ अन्र्तगत गत बर्ष जेठ ७ गते सर्वे डिजाइन भएको उक्त प्रर्यटकीय पुलको बिहिबारदेखि निर्माणको काम सुरु भएको पुल निर्माणका अभियन्ता दोर्णकुमार कुवँरले ईबागलुङलाई बताए ।

प्याङ्गखोला देखि अधिकारीचौर भुजी मावि जोड्ने उक्त पुल स्थानीय पुर्वाधार तथा कृषि सडक विकासबाट मान्यता पाएसँगै सर्वे डिजाइन सम्पन्न भएको थियो ।

भौगोलिक दृष्टिकोणले अतिनै जोखिम मोल्दै आएका त्यसक्षेत्रका जनतालाई पुल निर्माण भएसँगै करिब २० मिनेटको बाटो दुई मिनेटमै पार गर्न सकिने र बर्षातमा हुने बाढी, पहिरोको जोखिम बहन गर्नुपर्ने बाध्यता समेत यात्रुमा कम हुने स्थानीयले बताए ।
पुल बनेपछि साविक अधिकारीचौर गाविसका वडा नं. ५ देखि ९ सम्मका करिब ५ सय घरधुरी बासिन्दाले सुविधा लिन सक्ने छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.