रेशका सुवास र सुरज लामिछानेको सक्रियतामा विदेशमा सकलित ३ लाख ५९ हजार कुवँर परिवारलाई हस्तान्तरण

बागलुङ २०७६ बैशाख २० । काठेखोला गाउँपालिका ७ रेशका नारायण कुवरको अल्पायुमै निधन भए पछि बालबच्चाको शिक्षा दीक्षाका लागी बिदेशमा सञ्चालित सहयोग अभियानबाट संकलित रकम बिहिवार घरमै पुगेर हस्तान्तरण गरिएको छ ।

हङकङमा रहेका रेशका सुवास लामिछाने र जापानमा रहेका सुरज लामिछानेको पहलमा संकलित कुल ३ लाख ५९ हजार ५५ रुपैयाँ प्रदान गरिएको हो ।

उक्त रकम नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने, काठेखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेम लामिछाने, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष लगायतले स्वर्गिय कुवरका धर्मपत्नी डोलिन्द्र कुवर रेणुलाई हस्तान्तरण गरेका हुन् ।

आर्थिक अवस्था कमजोर भएका कुवरको ३१ बर्षको अल्पायुमै दुखद निधन भए पछि उनका दुई नाबालक सन्तानको शिक्षादीक्षामा सहजताका लागि सञ्चालन गरिएको अभियानबाट संकलित रकम घरमै पुगेर प्रदान गरिएको सहयोग अभियानका स्थानीय सहजकर्ता सुमन जिसीले ईबागलुङलाई बताए । ‘बिभिन्न कारणले देश र बिदेशमा रहेका युवाहरुलाई परोपकारी अभियानमा जोडेर ठुलो आहतमा थोरै भए पनि राहत पु¥याउ भन्ने हाम्रो अभिप्राय हो,’ ‘छोटो समयमै सामाजिक सञ्जाल र युवाहरु बिचको सहकार्यबाट यो रकम संकलन गरेर परिवारलाई हस्तान्तरण गर्न सफल भएका छौ, यसले परोपकारी सन्देश दिन थोरै भए पनि सफल भएको हामीले महुसूुस गरेका छौ जिसीले भने ।

कुवरका ९ बर्षिय छोरा आयुष र ६ महिनाकी छोरी रक्षा छन् । जसले राम्रो सँग बुवा नचिन्दै पिता गुमाएका छन् । ८४ बर्ष पार गरेका बृद्ध बुवा आमा छन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बिदेशमा रहेका रेशका स्थानीय युवाको तदारुकता र अन्य सहयोगदाताको परोपकारी भावना सबैका लागि प्रेरणादायक बिषय भएको भन्दै सहयोग रकमको सही सदुपयोग गर्न परिवारलाई आग्रह गरेका थिए ।

कार्यक्रममा रेडक्रसका सभापति जब्बर लामिछाने, काठेखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष प्रेम लामिछाने, पत्रकार महासंघका शाखा अध्यक्ष दिल शिरीष, रेश नुन्थला माविका प्रधानाध्यापक ओमबहादुर थापा, सामाजिक अगुवा चित्रबहादुर कार्की, रनबहादुर कार्की, प्रेमबहादुर कार्की, स्टार युथ क्लबका अध्यक्ष डिलबहादुर कार्कीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम स्थानीय सामाजिक अगुवा दानबहादुर जिसीको अध्यक्षता, बमबहादुर कुवरको स्वागत मन्तव्य र सहयोग अभियानका अभियन्ता सुमन जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

बैदेशिक रोजगारको शिलशिलामा ७ बर्ष नेदरल्याण्ड बसे पनि न कमाई, न कार्डको अवस्था भएपछि खाली हात गाउँ फर्किएका कुवर परिवारको जिविकाका लागि पुनः बिदेश जाने तयारीका क्रममा भैरहवामा एक पार्टी प्यालेसमा कुकको काम गरिरहेको बखत अचानक गत माघ १२ गते राति उनको निधन भएको थियो । स्थानीय बोर्डिङमा कक्षा २ पढ्दै गरेका कुवरका छोरा आयुष निमोनियाबाट समेत ग्रसित छन् । अहिले बिभिन्न चरणमा बिभिन्न समूह संगठन र संस्थाले सञ्चालन गरेको सहयोग अभियानबाट ७ लाख बढी रकम हस्तान्तरण गरिसकिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.