गल्कोट बिपद तथा राहत काेषमा २ लाख ७८ हजार ७ सय संकलन !

गुमानसिँह भण्डारी गल्कोट २०७६ बैशाख १९ । गल्कोट नगरपालिकाले संचालन गरेकाे बिपद तथा राहत काेषमा नगरपालिकाबाट २ लाख ७० हजार संकलन भएकाे छ । नगरभित्रका जनप्रतिनिधिबाट २ लाख ५७ हजार ७ सय र कर्मचारीबाट २१ हजार जम्मा भएकाे हाे ।

नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, वडा नम्बर २ का अध्यक्ष हिम बहादुर भण्डारी, ३ का अध्यक्ष वीरजङ भण्डारीले १,१ महिनाकाे रकम खातामा जम्मा गरेका हुन । अन्य वडा अध्यक्ष, नगरकार्यपालिका सदस्य र वडा सदस्यहरूले भने १ महिनाकाे तलबकाे ३० प्रतिशत रकम खातामा जम्मा गर्ने नगरपालिकाले जनाएकाे छ । नगरभित्रका १६ जना कर्मचारिबाट एक,एक दिनकाे तलब खातामा जम्मा गरिएकाे नगरका लेखापाल भिष्म थापामगरले बताए ।

गत बैशाख १ र २ गतेकाे बाढीले गल्काेटकाे दुदिलाभाटि, नरेठाटी र हटियामा पुर्याएकाे भाैतिक क्षतिलाई ब्यवस्थापन गर्ने उदेश्यले राहत काेष स्थापना गरिएका नगरका प्रवत्ता हिम बहादुर भण्डारीले बताए । अहिले स्वदेश तथा बिदेशबाट समेत खातामा रकम जम्मा हुने क्रम चलिरहेकाे बिपद ब्यवस्थापन समिति संयाेजक वीरजङ भण्डारीले बताए। खातामा जम्मा भएकाे रकम क्षतिकाे विवरणका अाधारमा रकम वितरण र भाैतिक क्षतिकाे ब्यवस्थापन गरिने नगरपालिकाले जनाएकाे छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.