कुस्मा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न

शिला पाण्डे,पर्वत २०७६ बैशाख १९ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि आफ्नो सेवा कुस्माबाट दिदै आइरहेको र बेला बेलामा अभिमुखिकरण कार्यक्रम पनि गर्दै आएकोमा बुधवार पनि अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा विमा कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्का नाथ आचार्यले भैपरी आउने घट्नालाइ न्यूनीकरण गर्नकालागि जीवन विमा जोकोहीलाई आबस्यक भएको बताउदै अझै पनि समाजमा विमा गर्नु पर्छ भन्ने मानसिकता कम भएको बताउदै,अभिकर्ताहरुले समाजमा बिमाको बारेमा सचेत गराउनु पर्नेमा जोड दिदै जीवन बिमाले जीवन जिउनमा लाभ प्रदान गर्ने बताए ।

कार्यक्रममा धवलागिरीका प्रमुख वलराम गाैतमले धौलागिरी क्षेत्रमा न्यून आयस्रोत भएकाहरूलाइ अभिकर्ता अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर उनिहरुको आर्थिक अबस्थामा सुधार ल्याउन प्रयेत्न गरेको जानाकारी दिनु भयो। एजेन्सी म्यानेजर मिना केसीले अनुभव तथा धन्यवाद मन्तव्य व्यक्त गिरन ।

कुश्मा शाखाका प्रमुख रुद्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत एजेन्सी म्यानेजर माधव प्रसाद पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको सन्चलन कामना रेग्मीले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.