गल्कोट रिघाका ३५० जनालाई १९ लाख ५० हजार सामाजिक सुरक्षा भत्ता वितरण !

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख १९ । गल्कोट रिघाका ३ सय ५० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गल्कोट नगरपालिकाको सुरक्षा भत्ता प्रभु बैक गलकोट शाखाले सामाजिक उत्तरदायित्व अन्तरर्गत गल्कोटको विकट ठाउ रिघामा पुगेर भत्ता बितरण गरेको हो ।

बैकका प्रवन्धक कृष्णहरि भण्डारीको नेतृत्वको टोलिले ३७ जना दलित बालबालिका, ३ जना पु्र्ण अपाङ्गता, ७८ जना दलित जेष्ठ नागरिक, १ सय १५ जना अन्य जेष्ठ नागरिक, १४ जना आंशिक अपाङ्गता, २ जना एकल महिला र ३ जना बिधवा महिलालाई गरि ३ सय ५० जनालाई १९ लाख ५० हजार ८ सय वितरण गरिएको संचालन प्रमुख शिशिरबम मल्लले बताए ।

रिघाबाट हटिया सम्म भत्ता बुझ्न जँदा फर्कदा भाडा र खाजा खर्च गरि लाग्ने ५ लाख रूपिया बचत भएको बैकका प्रवन्धक भण्डारीले बताए ।नगरपालिकाले दिएको जिम्मेवारीलाई सामाजिक कार्य अनुसार बैकले गल्कोटको रिघा र पाण्डवखानीमा पुगेर भत्ता दिने गरेको हो ।

भोलि गल्कोटको पाण्डवखानिमा भत्ता वितरण गरिने बैकका सहायक सम्बन्ध प्रमुख प्रकाश सुवेदीले बताए । नगरको भत्ता बैकले गाउघरमै पुगेर प्रदान गर्न थालेपछि स्थानिय खुसी बनेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.