थम्मन थापा सन्देश, गल्कोट २०७३ चैत १३ ।गाउँ नगरका घर घर जाऔं, माओवादी केन्द्रलाई विजयी बनाऔं भन्ने मुल नाराका साथ नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका बागलुङको प्रथम नगर सम्मेलन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
सम्मेलनले तिलक उप्रेतीको अध्यक्षतामा ५७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा गंगा भुजेल, सचिवमा खिम साहनी, सहसचिवमा राज बहादुर थापा र कोषाध्यक्षमा मिना दर्जी रहेका छन् । सो अवसरमा ३५ सदस्यीय सल्लाहकार समिति समेत गठा गरिएको छ ।
नेपाल प्रेस सेन्टर गलकोट नगरपालिका नगर कमिटिको आयोजनामा भएको पत्रकार भेटघाट कार्यक्रममा पूर्व मन्त्री समेत रहेका माओवादी केन्द्रका नेता देव गुरुङले संबिधानका केही कुराहरु अधुरा रहेको बताउदै राष्टिय सहमति कायम गरि स्थानिय निकायको निर्वाचनको बातबरण निमार्ण गर्न अधिकतम प्रयास गरिरहेको बताए ।
मुलुकको राष्ट्रीय स्वाधिनताको लागी राष्ट्रिय सहमति आबश्यक रहको बताउदै उहाले बिकास गर्न स्थानिय तह हरुको तल्काल निर्माण गर्न आवश्यक रहेको र स्थानिय तहको निर्माणले देशको बिकास तथा राजनव्तिमा समेत स्थीरता र स्थाईत्व प्रदान गर्ने दाबी गरे। सो अबसरमा स्थानिय निकायको निबार्चन, माओबादी केन्द्रको योजनाको बारेमा पत्रकारले जिज्ञासा राखेका थिए ।
पत्रकार भेटघाट कार्यक्रम प्रेस सेन्टर नेपाल गलकोट नगर कमटिका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सदस्य सरिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।