हुग्दिशिर सक्नेरीमा एक घर जलेर नष्ट, ३ लाख ६० हजार बराबरको क्षति !

केशवराज क्षेत्री, बरेङ हुग्दिशिर २०७६ वैशाख १९ ।फ बाग्लुङको बरेङ गा.पा २ हुग्दिशिर सक्नेरीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिब २ बजे स्थानीय रन बहादुर पुनको खरको घरमा आगलागी भएको हो । छिमेकी ६ वर्षको बालकले पुनको घरमा झुन्डाइएको मकैको पोस्करमा लाइटर पार्दा आगलागी भएको थियो ।

आगलागीबाट मानवीय क्षति नभएतापनी लत्ताकपडा, अन्नबाली, दारपात जल्दा करिब ३ लाख ६० हजार बराबरको क्षति भएको छ । स्थानीय युवा तथा महिलाहरुको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । पानीको अभावका कारण आगो नियन्त्रणमा लिन गाह्रो भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *