प्रजातान्त्रिक विचार समाज बागलुङको अध्यक्षमा कंडेल चयन !

बागलुङ २०७६ बैशाख १९ । प्रजातान्त्रिक विचार समाज बागलुङको अध्यक्षमा गोविन्द्र प्रसाद शर्मा कंडेल चयन भएका छन । बुधबार भएको समाजको तेस्रो अधिवेशनबाट कंडेललाई अध्यक्षमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा धनराज सापकोटा, सचिवमा दिपक प्रसाद शर्मा कंडेल र सहसचिवमा डिल्ली प्रसाद पौडेल रहेका छन । त्यसैगरी समितिको सदस्यहरुमा रामराज कंडेल, तिलक प्रसाद कंडेल, विमला गुरुङ, बृहस्पती कंडेल, विष्णु प्रसाद चापागाई, दिपा तिवारी, कृष्ण प्रसाद निउरे, प्रकाश बराल र यम बहादुर पोखरेल रहेका छन ।

अधिवेशनको उदघाट्नको क्रममा प्रजातान्त्रिक विचार समाज गण्डकी प्रदेशका संयोजक दुर्गा प्रसाद आचार्यले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै प्रजातान्त्रिक विचारका लागि समाज वैचारिक हतियार भएको बताए । उनले प्रजातन्त्र, लोकतन्त्र र दिगो विकासका निम्ती समाजले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

त्यस्तै नेपाली काँग्रेस बागलुङका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले समाजको हरेक वर्गका कुराहरु विचार विमर्श मार्फत अगाडी आउने हुँदा समाजले हरेक क्षेत्रको खबरदारी गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेस केन्द्रिय महिला उपाध्यक्ष शकुन्तला शर्मा, जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेल, जिपिकोईराला फाउण्डेशन बागलुङका संयोजक महेन्द्र प्रसाद कडेल लगायतले बालेका थिए । कार्यक्रम समाजका अध्यक्ष रामराज कंडेलको अध्यक्ष धनराज सापकोटाको स्वागत र दिपक प्रसाद शर्मा कंडेलको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.