श्रमीक दिवसको अवसरमा सन्चालित नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय ५० सेवाग्राही लाभान्वित !

सुमन जीसी, बागलुङ, २०७६ बैशाख १८ । नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि. बागलुङसंगको सहकार्यमा १०३ औं अन्तराष्ट्रिय श्रमीक दिवसको अवसर पारी बिहीवार निशुल्क स्वास्थ्य शिवीर सम्पन्न गरेको छ ।
बागलुङ बजारमा रहेको मुक्तिनाथ हस्पिटल एण्ड रिसर्च सेण्टर प्रा.लि. मा सञ्चालित स्वास्थ्य शिवीरको नेपाली काँग्रेसका जिल्ला सभापती दिपेन्द्रवहादुर थापाले ब्यानर पढेर उद्घाटन गरेका थिए ।

औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले नेपालको राजनैतीक, आर्थिक र सामाजिक परिवर्तनमा श्रमीकहरुको महत्वपूर्ण योग्दान रहेको बताएका थिए । थापाले श्रमीक दिवसका दिनमा मात्र श्रमीकहरुको हक अधिकारका कुराहरु उठान गर्नुभन्दा श्रमीकहरुका हक अधिकार र स्वतन्त्रतालाई सुनिश्चीत गरी न्यायोचित पारिश्रमीक एवं सामाजिक सुरक्षा लगाएतका सबै श्रम अधिकारको सुनिश्चत गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य प्रकाश पौडेल, नेपाल ट्रेडयुनियन काँग्रेका केन्द्रिय सदस्य दुर्गादत्त आचार्य, नेपाल ट्रेडयुनीयन काँग्रेका महिला उपाध्यक्ष शकुन्तला शर्मा, मुक्तिनाथ हस्पिटर एण्ड रिसर्च सेण्टर प्रा.लि.का अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रम पश्चात सुरुवात भएको निशुल्क स्वास्थ्य शिविरमा विभिन्न स्वास्थ्य समस्या लिएर आएका ३५० भन्दा वढि सेवाग्राहीलाई गाईनो, पेट छाती, मुटु, प्रेसर, सुगर, महिला सम्वन्धी रोग तथा सम्पूर्ण स्वास्थ्य जाँच सेवा र औषधि निशुल्क रुपमा प्रदान गरिएको नेपाल ट्रेड युनीयन काँग्रेस बागलुङका अध्यक्ष ईश्वर ठाकुर पौडेलले बताए ।

कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षता स्वागत ट्रेड युनीयन कांग्रेसका अनौपचारिक उपाध्यक्ष पिंगला जि.सी खड्का र सञ्चान सचिव कुमार प्रसाद उपाध्यायले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.