विमल नेपाली, बागलुङ खर्वाङ २०७३ चैत १३ । गिरंदीखोला जल विद्युत सहकारी संस्था लिमिटेड बडीगाड २ बागलुङको शनिबार तुम्डाडामा सम्पन्न तेश्रो अधिवेशनले वेल वहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको छ ।
समितिको उपाध्यक्षमा विष्णुमाया अर्याल, सचिवमा दुर्गा अर्याल, कोषाध्यक्षमा सुर्य वहादुर अधिकारी, सहसचिवमा गिता भुजेल, सदस्यहरुमा टंक भुजेल, विष्णु अर्याल, अनिल गिरि, वोम वहादुर सलामी, धन प्रसाद थापा, तारा वहादुर थापा, हेमराज थापा, अम्वादेवि सापकोटा, होसियारसिंह थापा, गोम वहादुर राना रहेका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा वेद प्रसाद पोखरेल, सदस्यमा विष्णु प्रसाद खरेल र वोम वहादुर थापा चयन भएका छन् भेलाले मित्र वहादुर पुनको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरेको छ । समितिका सदस्यमा रत्न वहादुर सापकोटा, झविलाल थापा, चुमाकान्त पोखरेल, र प्रेमलाल गिरि रेहेका छन् ।
कार्यक्रममा नव प्रतिभा वचत तथा ऋण सहकारीका अध्यक्ष होमनाथ अर्याल, खड्क देवि माविका प्राचार्य वेद प्रसाद पोखरेल, दगातुन्डाडा स्वास्थ्य चौकीका प्रमुख यान प्रसाद श्रेष्ठ, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्र पन्थी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम अध्यक्ष मित्र वहादुर पुनको अध्यक्षता, उपाध्यक्ष रत्न वहादुर सापकोटाको स्वागत मन्तव्य तथा कोषाध्यक्ष दुर्गा अर्यालको संचालनमा सम्पन्न भएको थियो ।