बेनी-दर्बाङ सडक खण्डमा काम गर्ने कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु !

म्याग्दी २०७६ बैशाख १८ । म्याग्दी जिल्लाको निर्माणाधीन बेनी-दर्बाङ सडक खण्डमा कामगर्ने एकजना कामदारको सडक माथीबाट खसेको ढुंगा माटो सहितको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार आज निर्माणाधीन बेनी-दर्वाङ खडकको १० मिटर जति माथीबाट खसेको ढुंगा माटो सहितको ढिस्कोले पुरिएर सोही सडकमा काम गर्ने बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा २ ठाकुरव्दारका करीब ३५ वर्षका कालुराम थारुको मृत्यु भएको हो ।

निज कामदार थारुलाई स्थानीयको सहयोगमा डोजरले माटोको ढिस्को पन्छाएर मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *