प्रभु बैक लि गल्कोट शाखाव्दारा गल्कोट-११ रिघामा सामाजिक सुरक्षा भत्ता वितरण !

गल्कोट २०७६ बैशाख १८ । प्रभु बैँक लि गल्कोट शाखाले आज गल्कोट नगरपालिका ११ रिघामा जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । प्रभु बैँक लिले सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक सुरक्षा भक्त वितरण गर्ने कार्य गरेको बताउदै बैँकका शाखा प्रवन्धक कृष्णहरि भण्डारीले आज सरकारको सार्वजनिक बिदाका दिनमा पनि जेष्ठ नागरिकहरु लगायतको आवश्यकतालाई मध्यनजर राखी सामाजिक सुरक्षाभत्ता वितरण कार्य सुरु गरिएको ईबागलुङलाई जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम गल्कोट नगरपालिका ११ रिघाको अध्यक्ष डम्बर बहादुर श्रीसले स्थानीय ९४ वर्षिय बयोबृद्ध पतिराम पुनलाई भत्ता वितरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका शाखा प्रवन्धक भण्डारीको नेतृत्वमा सो शाखाका कर्मचारीहरु विपिन थापा, शिशिर बम मल्ल, प्रकाश सुवेदी लगायत सुरक्षा गार्ड खीमबहादुर मल्लले सामाजिक सुरक्षा भत्ता वितरण कार्य गरिरहेका छन् । बैँकका प्रवन्धकक भण्डारीले वितरण कार्य आज दिनभर जारी रहने पनि बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.