काठेखोला चक्रपथ : जथाभावी खन्दा बिहुँ ओडारेमा सुख्खा पहिरो खसेर दर्जनौ घर उच्च जोखिममा !

भरत सापकोटा, बिहुँ बागलुङ २०७६ बैशाख १८ । काठेखोला गाउपालिकाको रेश, लेखानी बिहुँ, तंग्राम। धम्जा, भीमापोरा हुदै पाला बागलुङ बजार जोडने चक्रपथ निर्माण गर्ने कार्य जारी रहेको अवस्थामा हिँजो बैशाख १६ गते राति १० बजेको समयमा काठेखोला ५ बिहुँ ओडार हुँदै तंग्राम जोड्ने ट्र्याकमा सुख्खा पहिरो जानाले त्यस माथी र तल्लो भागमा रहेको बस्तीहरु उच्च जोखिममा रहेको पीडितहरुले बताएका छन् । पीडितहरुले तुरुन्त चक्रपथको भौगर्भिक अवस्थाको क्षुष्म अध्ययन नगरी जथाभावी चक्रपथमा हेभी ईक्विपमेन्ट (डोजर)प्रयोग गर्दा सुख्खा पहिरो खस्न थालेकोले चिन्ता व्यक्त गर्दै बिरोध समेत जनाएका छन् ।

हँचुवाको भरमा चक्रपथ निर्माण गर्ने कार्यलाई तीब्रता दिनु भन्दा बिस्तृत प्राविधिक अध्ययन गरी त्यस्को प्रतिवेदनका आधारमा निर्माण कार्यलाई अगडी बढाउनु पर्ने सरोकारवालाहरुको माग रहेको छ ।

प्रतिनिधी सभाका सांसद डा सूर्य पाठकको सांसद विकास कोषबाट रु १ करोड र काठेखोला गाउँपालिकाबाट त्यस्को ३० प्रतिशत थप बजेट विनियोजन गरी रेशका होम प्रसाद थापाको अध्यक्षतामा चक्रपथ निर्माण उपभोक्ता समिति गठन गरेर चक्रपथ निर्माण कार्य अगाडी बढाईएको जनाईएको छ ।

एकातिर सांसद विकास कोषको रकम अर्कोतिर स्थानीय सरकारको ३० प्रतिशत बजेट थप गरी उपभोक्ता समितिव्दारा निर्माण कार्य भैरहेको सो चक्रपथ निर्माणमा उपभोक्ता समितिले नेपाली सेनालाई पहिरो पन्छाउने कार्यमा सहयोग मागेर प्रयोग गर्दा चक्रपथ माथीबाट ढुंगा (पहिरो) खसेर तीन जना सैनिक घाईते भएका थिए । यसरी सेनालाई उपभोक्ता समितिहरुले प्रयोगमा ल्याउन नहुने त्यतिबेला नै चर्चा चलेको थियो । देवी प्रकोप, विपद व्यवस्थापन आदि कार्यमा सेनाको सहयोग सान्दर्भिक हुने पनि सरोकारवालाहरुले टिप्पणी गरेका थिए ।

ईबागलुङ सहकर्मी भरत सापकोटाले चक्रपथ निर्माण उपभोक्ता समितिका अध्यक्ष होम थापासंग गरेको कुराकानी:

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.