आगामी नीति कार्यक्रमको लागी बडीगाड गाउँपालिकाको अन्तरक्रिया सम्पन्न !

कमल पौडेल ग्वालीचौर२०७६ बैशाख १७ । बडीगाड गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक नीति, कार्यक्रम बजेट तथा योजना तर्जुमा एवं गाउँपालिकाको राजश्व क्षमता वृद्धि सम्बन्धी सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।

गाउँपालिकाको केन्द्र ग्वालीचौरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले गाउँपालिकाले तत्कालै तथा दीर्घकालीन रुपमा प्रतिफल आउने गरि योजना निर्माण र संचालन गर्न सुझाव दिए ।

उनले स्थानिय सरकारले लिएको कर सम्बन्धमा बढि प्रचार भएको भन्दै करको दायरा मात्रै वढेको स्पष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का गण्डकी प्रदेश सदस्य सुनिल शेरचन, नेकपा कै बडिगाड संयोजक गुणानिधि घिमिरे, नेपाली काग्रेसका क्षेत्रिय सदस्य गोकुल गिरि, राष्ट्रिय जनमोर्चाका रुनमाया थापा पाइजा, जनशक्ति पार्टीको पुनम श्रीस लगाएतले गाउँपालिकाको कार्यक्रमको लागी सुझाव सहित शुभकामना व्यक्त गरेका थिए ।

सो अन्तरक्रियामा १७ जना वढिले प्रत्यक्ष तथा ३५ जनाले लिखित रुपमा सुझाव तथा योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बडीगाड गाउँपालिकाका कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीले योजना छनौटको प्रक्रिया, विषयको बारेमा जानकारी दिएका थिए भने कार्यक्रममा उठेका सवालहरुको प्रक्रियाको विषयमा समेत प्रष्ट्याएका थिए ।

कार्यक्रम बडीगाड गाउँपालिकाका अध्यक्ष मेहर सिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष अम्मर बहादुर श्रीसको स्वागत मन्तव्य तथा शिक्षा अधिकृत कृष्णराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिकाले योजना बैंक निर्माण गर्ने, नयाँ आर्थिक वर्ष अगावै कुनै पनि गैरसरकारी संस्थाले कार्यक्रम स्वीकृत गर्नुपर्ने, कुनैपनि योजना सम्झौता गर्नुपूर्व सामाजिक विकृति विरुद्ध ऐक्यवद्धता जनाउनुपर्ने लगाएतको तयारी भैरहेको जानकारी गराइएको थियो।

गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने भन्दै सवै जनप्रतिनिधिलाई जनताले खवरदारी गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममै गाउँपालिका भित्रका योजनामा राम्रो काम गर्ने रणसिंह महिला भवन निर्माण उपभोक्ता समिति वडीीगाड ८, रणसिंह किटेनी लाई ५० हजार नगद सहित पुरस्कृत गरिएको छ । महिलाहरुले गाउँपालिका बाट विनियोजित २ लाख वजेटवाट आफै जनश्रमदान गरि ७ लाख वरावरको भवन निर्माण गरेका थिए। गाउँपालिकाले प्रत्येक टोलमा योजना छनौटको लागी छलफल चलाईने र जेठ २० गते भित्र सवै योजना र सुझाव दिई सहयोग गर्न सवै बडीगाडवासीलाई आह्वान गरेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *