बरेङ गाँउपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्रका थापाको उमेदवारी घोषणा !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७३ चैत १३ । आसन्न स्थानिय तहको निर्वाचन सरगर्मीले चुनावी माहौल तातिरहेको छ । प्रत्येक नगर तथा गाउँपालिकामा राजनीति दलले उम्मेदवार तय गर्ने प्रकृया सुरु गरिसकेका छन् । कतिले व्यक्तिगत लविङ त कतिले सस्थागत लविङ सुरु गरिसकेका छन् भने कतिले त सामाजिक संजाल फेसबुकमा आआफ्नो उम्मेदवारीको उद्घोष गर्ने सिलसिला बढेको छ । दुई दशक पछी हुन लागेको स्थानीय तहको निर्वाचनमा युवाहरुमा व्यापक चासो रहेको छ ।

यसैवीच बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा पनि चुनावी सरगर्मीका बीच नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य प्रदिप थापा मगर (साबिक हुक्दिसिर गाविस)ले गाउपालिकाको अध्यक्ष पदमा आफुले उमेदवारी दिने घोषणा गरेका छन । अवको समय युवाहरुले नेतृत्व लिने गरि अगाडि बढ्नुपर्ने आवश्यकता महसूस गरी आफुले उमेदवारी दिन लागेको उनले बताए ।

विजय भएसंगै बरेङ गाउपालिकालाई नमुना बनाउन रिङरोड, खानेपानी ,शिक्षा स्वास्थ र भ्रष्टाचारमुक्त गाउँ पालिका बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने उनले प्रतिवद्धता पनि जाहेर गरेका छन् । उनले गाउँ पालिकामा आफनो जित सुनिश्चित भएको दावी समेत गरे ।

तत्कालीन बागलुङ जिल्ला विकास समितिका सभापति तथा माओवादी केन्द्रका नेता लिलबहादुर थापामगरका छोरा प्रदिप थापा रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौबाट विद्यार्थी राजनीटि पार्टी सदस्य ,जिल्ला सदस्य हुदै केन्द्रीय महाधिबेशन आयोजक समिति सदस्य पदमा रहेर क्रियाशील राजनीति गरिरहेका युवा हुन् ।

स्मरणीयछ, माओवादी केन्द्रले आधिकारिकरुपमा उमेदवार घोषणा गरेको छैन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.