भारतको ईशारामा ल्याईएको संविधान संशोधन प्रस्ताव एमालेले मान्दैन : केस नेपाली

कमल पौडेल, बागलुङ (खर्वाङ) २०७३ चैत १३ । नेकपा एमालेका केन्द्रिय सदस्य गोविन्द नेपालीले संविधान संशोधन प्रस्ताव महिला दलित तथा जनजाति विरोधी भएको दाबी गर्दै भारतको इशारामा ल्याईएको सशोधन प्रस्ताव एमालेले मान्ने नहुने बताए ।

शनिवार वडीगाड गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई ग्वालीचौरमा सम्वोधन गर्दै नेपालीले शान्त वन्दै गएको मधेस आन्दोलनलाई काग्रेस र माओवादीले उचाल्न लागेको आरोप लगाए ।

एमाललेले २०५१ साल देखि सरकारमा रहँदा गरेको कामको मात्रै जानकारी गराएपनि जनताले एमालेलाई भोट दिने उनले दावी गरे । अहिलेको आवश्यकता वामपन्थी एकताको रहेको भन्दै चुनावी तालमेलको लागी एमाले लचिलो वन्ने समेत वताए ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रेम खरेल, संघिय मामिला विभागका केन्द्रिय सदस्य सुनिल शेरचन, नेकपा एमाले जिल्ला कमिटि उपसचिव विष्णु भुसाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो कार्यक्रममा भिमगिठेका पूर्व गाविस उपाध्यक्ष तथा माओवादी केन्द्रका जिल्ला सल्लाहकार सदस्य प्रेम केसी, फौज वहादुर क्षेत्री, कृष्ण रजाली, दलित संजाल भिमगिठेका अध्यक्ष जित वहादुर सुनार, खार माविका शिक्षक झम शेर्वुजा, त्यस्तै नेपाली काग्रेस ग्वालीचौरका दिपक खरेल, डिलाराम खरेल, नेपाली काग्रेस भिमगिठेका दुर्गा वहादुर थापा, माओवादी ग्वालीचौरका गिता शेरर्वुजा, नर वहादुर सिंजाली, धन वहादुर नेपाली लगाएतका कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा वडीगाड गाउँपालिका का प्रत्येक वार्डवाट संगठनको अवस्थाको वारेमा छलफल भएको थियो ।

सो भेलाले वडिगाड गाउँपालिकामा निर्वाचन जित्ने आँकलन समेत गरेको छ । त्यस्तै भेला पछि नेकपा एमाले गाउँपालिका कार्यालयको समेत उद्घाटन गरिएको छ । कार्यक्रम नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा वडीगाड गाउँपालिकाका उपसंयोजक तिर्थमणि भुसालको अध्यक्षता तथा जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *