सयपत्री युवा क्लब राङखानीको दोस्रो बार्षिक उत्सव तथा पुसे मेला सुरु !

नारायण रिजाल, बागलुङ २०७३ पुस २२ । बागलुङको राङखानीमा रहेको सयपत्री युवा क्लबको दोस्रो बार्षिक उत्सव तथा पुसे मेला शुक्रबारबाट सुरुभएको छ । मेलाको उदघाट्न गर्दै नेपाली काँग्रेसका युवा नेता भिम श्रीषले युवाहरुको व्यक्तित्व विकासका लागि खेलकुद अपरिहार्य भएको बताएका थिए । काँग्रेस बागलुङका महासमिति सदस्य समेत रहेका श्रीषले कला संस्कृतिको जगेर्ना र खेलकुदको विकासका लागि क्लबले गरेको कामको प्रशंसा गर्दै यस्ता खालका कार्यक्रम हरेक समाजमा आवश्यक रहेको बताए ।

कार्यक्रममा राङखानी गाविसका पुर्व गाविस सचिव देवेन्द्र थापा, क्लबका संरक्षक प्रेम बहादुर श्रीष, नहकुल मनिट्रान्फरका अध्यक्ष दल बहादुर श्रीष क्लबका सहसंयोजक शिव श्रीष लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

पुस २६ गते सम्म संचालन हुने मेलामा विविध सांस्कृतिक कार्यक्रम तथा खुल्ला भलिबल प्र्रतियोगिता संचालन हुने आयोजकले जनाएका छन् । प्रतियोगितमा ४७ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ६५ हजार ५ सय ६५, द्धितिय पुरस्कार, नगद रु ३५ हजार ५ सय ३५ र तृतिय पुरस्कार नगद रु १७ हजार ५ सय १५ रहेको क्लबको अध्यक्ष दल बहादुर श्रीष रानाले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका विभिन्न स्थान तथा छिमेकी जिल्लाबाट खेलाडिहरु भाग लिन आएका छन । दक्षिण क्षेत्रकै ठुलो राशिको भलिबल प्रतियोगिताको आयोजना गरिएको आयोजकको दाबि रहेको छ । सयपत्री युवा क्लबका अध्यक्ष दलबहादुर श्रीष रानाको अध्यक्षता सदस्य पुरन श्रीषको स्वागत र राजेन्द्र पौडेललको संचालनमा उदघाट्न सत्र सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.