ढोरपाटनको नाथुरीमा एमाले !

कृष्ण कँडेल, बागलुङ २०७३ चैत १३ । नेकपा एमालेको ढोरपाटन नगरपालिका अन्तरगत वडा नम्बर– ५ नाथुरीमा टोल समिति गठन गरिएको छ ।
नथुरीमा शनिवार भएको भेलाले भिमबहादुर गौतमको अध्यक्षतामा २१ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको उपाध्यक्ष तुल्सीदेवी कँडेल, सचिव खिमकुमारी गौतम, सहसचिव शिबपुर्ण कँडेल र कोषाध्यक्ष टेकपति कँडेल रहेका छन् ।

सो अबसरमा दुर्गा कँडेलको अध्यक्षतामा १५ सदस्यीय युवा संघ टोल समिति गठन गरिएको छ । युवा संघको उपाध्यक्ष युबराज पाण्डे, सचिव सरिता कँडेल, सहसचिब चित्रबहादुर घर्ती मगर र कोषाध्यक्ष राधिका कँडेल रहेको बताईएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.