कतार नेपाली एकता समाज सहानीय एरिया समिती द्धारा पीडीत परिवारलाई आर्थिक सहयोग !

उद्धव मगर, दोहा कतार २०७६ बैशाख १५ । यहि अप्रिल २६ तारीखका दिन कतार नेपाली एकता समाज सहानीय एरिया समितिको विशेप पहलमा कतार नेपाली एकता समाज अल बन्दरीय इकाई समितीका उपाध्यक्ष नेपाल घर भई भोजपुर जिल्ला हतौगौडी गाउँ पालीका वार्ड नं.२ बस्ने टिकाराम बस्नेतको छोरा यलसन बस्नेत (उमेर ३० महीना) बच्चाले किचेन कोठामा रहेको ग्याँसको हाइड्रो एसीड सेवन गरेकोले बस्नेतको भित्री आन्द्रमा असर पर्न गएकोले यथाशीघ्र अप्रेशन गर्नु भन्दा अरु विकल्प नरहेकोले संकलीत कतारी रियाल ६८०५÷अध्यक्ष हेमन्त वाईवा द्धारा सहानीय एरिया समितिले सहानीया (यूसीसी) कम्पनीको प्राङगणमा एक कार्यक्रमको आयोजना गर्दै पीडित टिकाराम बस्नेतलाई हस्तान्तरण गरेका छन् ।

साहानीय एरिया समितिले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्षता प्रिजल राई, प्रमुख अतिथी हेमन्त वाईवा कतार नेपाली एकता समाजको प्रथम उपाध्यक्ष धन बहादुर परियार, महासचिव खिम बूढा मगर, कोषाध्यक्ष राम ईन्दल थिंग हाँक साप्ताहिक पत्रकार उद्धव मगरको विशेष उपस्थितीमा भएको कार्यक्रम सञ्चालक सरोज लावतीको रहेको थियो भने स्वागत मन्तव्य धिरज परियार, मन्तव्य टिकाराम बस्नेत, मेघनाथ सुनुवार, रहेको थियो ।

कार्यक्रममा वोल्दै कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाले प्रशिक्षण समेत दिएका थिए । उनले संकलित रकम एउटा सानो पाटो मात्रै हो तर हामीले गर्नु पर्ने अरु धेरै संघर्ष गर्न बाँकी रहेको वताए । हामी मजदूर मजदूर नै रहने हो हामीले जत्तीनै घरपरिवार व्यवस्थापन गर्छु भन्दा पनि त्यो अवस्था नरहेको र देशको वागडोर हाँक्ने राज्यसत्ता नै त्यो खालको भएकोले अबको दिनहरुकमा कतारमा रोजी रोटीको लागी आउनु भएको आम नेपाली मजदुरहरु एक भएर कतार नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुनु पर्ने उनको भनाई थियो ।

नागरिकता विधेयक विषयमा भन्ने हो भने अहिले गृहमन्त्रीले जारी गरेको परिपत्रबाट देशको राष्ट्रियतामा गम्भीर आँच पुग्ने र देशको अस्तित्वमा नै खतरा पुग्ने सम्भावना रहेको वताउदै यदी उक्त विधेयक पास भएमा ठूलो संख्यामा विदेशी नागरिक नेपालको नागरिक बन्ने र त्यसरी नेपाल फिजी बन्ने सक्ने खतरा रहेको र उक्त राष्ट्रघाती नागरिकता विधेयक विचारधीन हुदैगर्दा गृहमन्त्रालयले झन पहिला नै परिपत्र जारी गर्नुका पछाडी विदेशी शक्ती मृख्यत भारतीय विस्तारवादको दवावले काम गरेको बुझिन्छ त्यसकारण हामी प्रवासमा छरिएर रहेको नागरिकहरुको पनी त्यतीकै जिम्मेवार रहन आउछ र त्यसबाट देश फिजीकरण हुन बाट जोगाउनको लागी हामी सबै एक हुनु पर्ने वताउदै वाईवाले अन्तमा यस सहानीय एरिया समितिले दिन रात नभनी पीडीत यलसन बस्नेतको सहयोगको लागी योगदान दिनु हुने सम्पूर्ण कार्यसमितीका सदस्यहरुलाई बधाई तथा धन्यवाद दिए ।

अन्तमा यस कार्यक्रमका अध्यक्ष प्रिजल राइृले सहानीय एरिया समितिका सम्पूर्ण सदस्यहरु लगाएत सहयोगी भावना सहीत सहयोग गर्नु भएका आम नेपाली दाजुभाई तथा दिदी बहीनहरुमा स–धन्यवाद दिंदै कार्यक्रम अत्यन्तै सौहद्रपूर्ण वातावरणमा सु–सम्पन्न भएको घेषणा गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *