निसीखोलामा बृहत नि:शुल्क स्वास्थ्य शिविर सुरु, पहिलो दिन ६ सय ३७ विरामी लाभान्वित !

झम सिर्पाली, निसी बुर्तिवाङ २०७६ बैशाख १२ । निसीखोला गाउँपालिकामा आजदेखि दुईदिने बृहत निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । कर्मफ्लाईट्स फाउन्डेसन पोखरा नेपाल तथा निसीखोला गाउँपालिकाको संयुक्त आयोजनामा संचालित उक्त शिविरको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले उद्घाटन गरे लगत्तै आज पहिलो दिन नै ६ सय ३७ जना विरामीले स्वास्थ्य सेवा लिएका छन ।

शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा। सुबिन व्यन्जनकार, नाक कान घाँटी विशेषज्ञ डा। आकाशमणि भण्डारी, स्त्रीरोग विशेषज्ञ डा। सरिता गुरुङ, मेडिकल अफिसर डा। मनोज धमला र डा। कबिम गैरे लगायतले बिरामीहरुको स्वास्थ्य परीक्षण गरिहेका छन् ।

निसीखोला गाउँपालिका तथा छिमेकी ढोरपाटन नगरपालिकाका विरामीहरुले चेकजाँच तथा निशुल्क औषधिको सुविधा प्राप्त गरिरहेको कर्मफ्लाईट्स फाउन्डेसन पोखराका निर्देशक प्रेम बहादुर कुवँरले ईबागलुङलाई जानकारी दिए । शिविर भोलिसम्म जारी रहने आयोजकले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *