नसर्ने रोग सम्बन्धी १ दिने स्वास्थ प्रबर्द्धन संचार तथा सचेतना कार्यक्रम सम्पन्न

चन्द्रमणी न्योपाने, गल्कोट २०७६ बैशाख १२ । गल्कोट नगरपालिकाको आयोजनामा गल्कोट नगरपालिका वडा नम्बर ४ मा नसर्ने रोग सम्बन्धी १ दिने स्वास्थ प्रबर्द्धन संचार तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा क्यान्सर, दम, मधुमेह, उच्च रक्तचाप, हृदयघात, मस्तिष्कघात लगायतका नसर्ने रोगहरुको जोखिमपूर्ण ब्याबहारहरु, रोगको प्रकोप, रोगका लक्षणहरु, रोग लाग्नुका कारणहरु र रोकथामका उपायबारे गल्कोट नगरपालिकाका स्वास्थ संयोजक मिनराज गैरे र हटिया स्वास्थ चौकिका सिनियर अहेब डिलुप्रसाद सुबेदिले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडाका बिद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि महिला स्वास्थ्य स्वयमसेबिका, आमा समुहका प्रतिनिधि गरि ३३ जना सहभागी थिए ।

समापन सत्रमा खरुवा माध्यामिक बिद्यालयका प्रधानाध्यापक हेमराज गैर र चमुवा आधारभुत बिद्यालयका शिक्षक टिकाराम शर्माले सचेतनामुलक कार्यक्रम आयोजना गरेकोमा धन्यबाद मन्तब्य राखेका थियो ।

कार्यक्रमको समापन सत्र वडा अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता र संयोजक मिनराज गैरेको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *