सहकारी सँस्था समृद्धि र आर्थिक उपार्जन एवम विकासको महत्वपूर्ण संवाहक – नेपाली

छविलाल पाण्डे बुर्तिवाङ २०७६ बैशाख १२ । त्रिवेणी बचत तथा क्रण सहकारी सँस्थाले आफनो सँस्थाको १३ औँ स्थापना दिवशको अवसर पारेर बुर्तिबाङमा एकदिने सहकारी शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सँस्थाका व्यवस्थापन समिती अध्यक्ष नेत्रलाल चालिसेको अध्यक्षतामा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीको प्रमुख आतिथ्तया रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्र्दैे प्रमुख अतिथी नेपालीले सहकारी सँस्था समृद्धि र आर्थिक उपार्जन एवम विकास निर्माणको महत्वपुर्ण सम्बाहक भएको बताए ।

सहकारीले धेरै क्षेत्रमा आर्थिक उन्नयनको काम गरीरहेको र धेरैलाई रोजगारी दिइरहेको बताउँदै बुर्तिबाङमा त्रिवेणी सहकारीले खेलेको
भुमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रममा ढोरपाटन नगरउपप्रमुख कर्मती पुन, प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोख्रेल, कार्यक्रमका प्रमुख प्रशिक्षक राजेन्द्र पौडेलको आतिथ्यता एवं सँस्थाका लेखा सयोजक ढालेन्द्र छन्त्याल,सल्लाहकार सदस्य एवम इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर
कुवँर, लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रम सँस्थाका उपाध्यक्ष उत्तमबहादुर महतको स्वागत सचिब कृष्णकुमारी आर्चाय, सहसचिव ऋतुवर्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *