जनतालाई आश्वासन र प्रलोभन बाँड्ने, जनहितमा सिन्को नभाँच्ने प्रबृत्ति प्रति नगरप्रमुख नेपालीको कटाक्ष

खेमराज अर्याल, बुर्तिबाङ २०७६ बैशाख १२ । ढोरपाटन नगरपालिकाका नगर प्रमूख देवकुमार नेपालीले जनताबाट उठेको करलाई पारदर्शी ढंगले विकास निर्माणका कार्यमा खर्च गर्ने प्रतिवद्धता जनाएका छन् । ढोरपाटन नगरपालिकाको वडा नम्बर २ खलबाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयको ४४ औँ वार्षिक उत्सव तथा १६ औँ अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमूख नेपालीले आफुले नि:स्वार्थ भएर नगरपालिकामा रहेका गरिब दलित असहाय तथा वृद्धवृद्धाको पक्षमा काम गर्ने बताए ।

कार्यक्रमका प्रमूख अतिथि समेत रहेका नगर प्रमूख नेपालीले कतिपय राजनीतिक दलका नेताहरुले जनतालाई विभिन्न प्रलोभन देखाउने आश्वासन बाँड्ने गरेको तर जनताका पक्षमा सिन्को समेत नभाँच्ने प्रवृति देखिएको बताउदै आफुले बढी बोल्ने भन्दा पनि काम गरेर देखाउने खुलासा गरे ।

नेपाली जनताको विकासको अपेक्षालाइ परिपुर्ती गर्नका लागि स्थानिय सरकार गठन भएको बताउदै उनले जनताका पक्षमा रहेर जनहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नगरप्रमुख नेपालीले अर्नाकोट आधारभुत विद्यालयमा २ कोठे पक्की भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा नगरपालिकाबाट बजेट विनियोजन गर्ने जानकारी दिँदै बुर्तिबाङदेखी अर्नाकोट सम्मको मोटरबाटो आफ्नो कार्यकालभित्रै ग्राभेल गर्ने योजना रहेको र त्यसका लागी तत्काल अहिलेको मोटरबाटो १ मिटर फराकिलो बनाउन निर्देशन समेत दिए ।

नगरप्रमूख नेपालीले आफु अमेरीका भ्रमण गएको समयमा आफुलाई त्यहाँ बस्ने एक नेपालीले दिएको २ सय अमेरीकी डलर विद्यालयलाइ हस्तान्तरण गरेका थिए । आफुलाइ बागलुङ नगरपालिका बलेवा घर भइ हाल न्युयोर्क बस्दै आएका गंगा बहादुर जिसीले दिएको र उक्त रकम विद्यालयलाइ हस्तान्तरण गर्ने वाचा अनुसार उनकै नाममा सो रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष युवराज महत वडा नम्बर १ का वडाध्यक्ष चित्र बहादुर भण्डारी वडा नम्बर २ का वडा सदस्य जमुना खनाल चन्दादाता तुल्सीराम अर्याल चन्दादाता हर्क बहादुर गुरुङ कर्मप्mलाइट्स फाउन्डेसन पोखराका निर्देशक प्रेम कुवर चन्दादाता धनसरी कडेल शिक्षक अभिाभावक संघ संयोजक शंकर कुवर लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धन बहादुर महतबाट विद्यालयको आर्थिक प्रतिवेदन तथा भावि योजना सहितको प्रतिवेदन प्रश्तुत गरिएको थियो भने चन्दादाता सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षता ढोरपाटन नगरपालिका प्रमूख देवकुमार नेपालीको प्रमूख आतिथ्यता उपप्रमुख करमति पुन तथा उद्योग वाणिज्य संघ इकाइ बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्माको विशेष आतिथ्यता शिक्षक चित्र छन्त्यालको स्वागत मन्तव्य रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *