Sorry, that menu does not exist.
 

बृद्धबृद्धा सम्मान अभियान: एमालेको सरकार बनेपछी मासिक ५ हजार भत्ता- सांसद लम्साल

माधब पराजुली, पर्वत २०७३ चैत १३ । गाविसका सबै बृद्धबृद्धालाई सम्मान गरौँ जेष्ठ नागरिकहरुलाई सम्मान नै राष्ट्रको समृद्धी हो भन्ने नाराका साथ निर्वाचन क्षेत्रका २९ वटै साविक गाविसका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने अभियान शुरु गरेका पर्वत क्षेत्र नम्वर २ का सांसद विकास लम्सालले शनिवार पर्वतको पैयुँ गाउँपालिका वडा नं. ६ सरौँखोलाका जेष्ठ नागरिकलाई सम्मान गरेका छन् ।

दुई वर्ष अगाडीदेखि शुरु गरेको अभियान अन्तर्गत सांसद लम्सालले पैयुँ गाउँपालिका वडा नं. ६ का ७० वर्ष माथिका १३० जना जेष्ठ नागरिकहरुलाई फलफुल बितरण तथा अबिर फुलमाला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सरौखोला वडा कार्यालयको प्राङगणमा आयोजित एक कार्यक्रमका अवसरमा बृद्धबृद्धाहरुलाई दोसल्ला र खादा ओढाएर सम्मान गर्दै सांसद लम्सालले गाउँमा भएका जेष्ठ नागरिकहरु आफ्नै सदस्यबाट अपहेलित भएका बेला सांसदले सम्मान गर्दा सम्मानित जीवन जिउन प्रेरणा मिल्ने भएकोले आफुले यस्तो कार्यक्रम ल्याएको बताए । उनले नेकपा(एमाले)ले बृद्धाहर लाई मासिक रु.१ सय बाट शुरु गरेको बृद्धा भत्ता अहिँले एमाले नेतृत्वमा बनेको सरकारले नै २ हजार पुराएको स्पष्ट पार्दै फेरी एमाले नेतृत्वमा सरकार बनेपछि बृद्धाबृद्धालाई मासिक ५ हजार सामाजिक सुरक्षा भत्ता बितरण गर्ने आश्वासन समेत दिए ।

आगामी दिनमा बन्ने एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई ३ सय प्रतिशत बृद्धि गरि मासिक ५ हजार बृद्धभत्ता पु¥याउने उद्घोष गरे ।
हाल सम्म १० साबिक गाविसका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिसकेका सासंद लम्सालले पछील्लो समय बृद्धबृद्धाहरुलाई सम्मान गर्ने संस्कार समाजमा नरहेको भन्दै समाजका मानिसलाई सहि मार्गमा हिडाउन आफुले प्रत्येक गाबिसका जेष्ठ नागरिकलाई सम्मान गर्ने अभियान चलाएको बताए ।

उहाँले क्षेत्र नं.२ का प्रत्येक साबिक गाबिसका जेष्ठनागरिक लाई सम्मान गर्न सांसद कोष बाट बजेट बिनियोजन गरेको बताउनुभयो । साथै उहाँले उक्त सम्मान कार्यक्रमका अवसरमा बोल्दै सम्मानित बृद्धा भानुकला तिवारीले सांसदको तर्फबाट पाएको सम्मान आफूहरुका लागि स्मरण्ीाय हुने भन्दै खुशी व्यक्त गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply