बुर्तिबाङमा नि:शुल्क नाक कान घाँटी शिविर सुरु : पहिलो दिन १६२ जना लाभान्वित !

झम सिर्पाली, बुर्तिबाङ, २०७६ बैशाख ११ । ढोरपाटन नगरपालिका १ बुर्तिबाङ स्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा संचालित नाक कान घाँटी सम्बन्धि ३ दिने निशुल्क स्वास्थ्य शिविरको आज पहिलो दिन एक सय बैसठ्ठी जना लाभान्वित भएका छन ।

पश्चिम बागलुङ नाक कान तथा घाँटी सम्बन्धि रोगीहरुको समस्यालाई मध्यनजर गर्दै ढोरपाटन नगरपालिका १ बुर्तिबाङ स्थित कर्मभुमी फाउन्डेसन तथा ढोरपाटन नगरपालिकाको संयुक्त आयोजना पोखराको हरियोखर्क स्थित आई.एन.एफ नेपालको व्यबस्थापकीय सहयोगमा शिविर संचालन गरिएको हो ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका तथा छिमेकी जिल्ला गुल्मीको मालिका नगरपालिका समेतका विरामीहरुले सेवा लिईरहेको उक्त शिविरमा नाक, कान तथा घाँटी रोग विशेषज्ञ सुदिप गोपाल पराजुलीले चेकजाँच तथा उपचार गरिरहेको फाउन्डेसनका अध्यक्ष कमल भुषालले जानकारी दिए । शिविर शुक्रबार सम्म चल्ने बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *