म्याग्दीको रत्नेचौरमा सप्ताहव्यापी योग शिविर सम्पन्न !

कोपिला कंडेल, म्याग्दी २०७६ बेशाख ११ । पतञ्जली योग समिति गण्डकी प्रदेश तथा बागलुङको आयोजनामा म्याग्दीको रत्नेचौरमा ७ दिने योग शिविर सम्पन्न भएको छ । पतञ्जली योग समिति गण्डकी प्रदेशका महिला उपाध्यक्ष किरण भा.म श्रेष्ठ, बागलुङका महिला अध्यक्ष कल्पना श्रेष्ठ, युवा प्रभारी धन कार्की लगायतको सक्रियतामा बेनी नगरपालिका १ रत्नेचौरमा योग शिविर सम्पन्न गरिएको हो ।

शिविर समापनका अवसरमा बोल्दै पतञ्जली योग समिति गण्डकी प्रदेशका उपाध्यक्ष किरण भा.म श्रेष्ठकाे शारीरिक तथा मानसिक स्वास्थ्यका लागि योग अनिबार्य रहेको भनाइ थियो । निरन्तर योग गर्न सके जीवन स्वस्थ्य सुन्दर र दीर्घजीवी बन्न सकिने चर्चा गर्दै सबैले निरन्तर रुपमा योग गर्नुपर्नेमा उनकाे जोड थियो ।

सो अवसरमा टेग बहादुर रावलको अध्यक्षतामा ११ सदस्यीय पतञ्जली योग समिति म्याग्दी शाखा समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा पार्वती पुन सचिव पार्वती थापा र कोषाध्यक्षमा सम्झना पुन र सदस्यमा मिन बहादुर पुन लगायत रहेको युवा प्रभारी धन कार्कीले जानकारी दिए ।

सो अवसरमा दुर्बलकाजी राजभण्डारी सीता शर्मा जंङ्ग बहादुर केसी चित्रकला छन्त्याल सिता कंडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम पतञ्जली योग समिति गण्डकी प्रदेश उपाध्यक्ष किरण भाम श्रेष्ठको अध्यक्षता बागलुङका महिला अध्यक्ष कल्पना श्रेष्ठको स्वागत मन्तब्य र युवा प्रभारी धन कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *