रेडियो ढोरपाटनव्दारा नवौँ बर्ष प्रवेशको अवसरमा विभिन्न क्षेत्रमा राहत वितरण !

बुर्तिवाङ २०७६ बैशाख ११ । सामुदायिक रेडियो ढोरपाटनद्धारा नवौँ बर्ष प्रवेशको अवसरमा विभिन्न क्षेत्रमा राहत वितरण कार्यक्रम सम्पन्न गरेर वाष्र्षिकोत्सव मनाएको छ ।

गरीवी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा हाम्रै समाज हाम्रै आवाज नामक सँस्थाव्दारा सञ्चालित रेडियोले २०६८ बैसाख ११ गते लोकतन्त्र दिवसका दिन प्रशारण शुभारम्भ गर्दे पश्चिम बागलुङको बुर्तिबाङ बजारदेखि प्रशारण प्रारम्भ गरेको हो ।

रेडियोले बार्षिक उत्सबका अवसरमा निसीखोला गाउँपालिका वडा नं.२ काल्नेचौरमा गत बैसाख ७ गते बिहान घरजल्दा ज्यान गुमाएका तीन बर्षिय बालक विशाल सुनारकी आमा विमला सुनारलाई राहत स्वरुप नगद रु पाँच हजार रुपैया हस्तान्तरण गरीएको थियो ।

त्यस्तै गल्कोट क्षेत्रमा गत बैसाख १ गतेको भीषण बाढिका कारण पुर्याएको क्षेतीमा राहत पुर्याउन गल्कोट नगरपालिकाले सञ्चालनमा ल्याएको नगर प्रमुख दैवी प्रकोप उद्धार कोषमा नगद रु दुई हजार रुपैयाँ जम्मा गरिएको छ ।

उक्त कोषमा सामुदायिक रेडियो ढोरपाटनले पहिलो पटक खातामा रकम जम्मा गर्दे अभियानको शुभारम्भ गरेको गल्कोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर बिकले बताए ।

त्यसैगरी रेडियोले ढोरपाटन नगरपालिका १ बुर्तिबाङ्ग उत्तरगँगा माविमा सञ्चालित अपाँगता कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि फलफुल वितरण गरेको थियो । रेडियोका स्टेशन म्यानेजर छविलाल पाण्डेको बिशेष उपस्थिती र ढोरपाटन नगरस्तरीय अपाँगता सरोकार सँघका सचिव चुडामणि भुसालको उपस्थितीमा रेडियोका कर्मचारीद्धारा अपाँगता बिशेष कक्षाका शिक्षिका कल्पना भट्टराइलाई उक्त फलफुल हस्तान्रतण गरीएको थियो ।

पश्चिम बागलुङका जनतालाइ सुसुचित गराउँदै सुचना, शन्देश, समाचार र मनोरञ्जन सँगै समय समयमा आगो, बाढी, पीडित तथा विभिन्न रोगले ग्रसित नागरीकलाई आर्थिक सहयोग गर्दे आइरहेको रेडियोका अध्यक्ष दोर्णकुमार कुवँरले बताए ।

कला, सँस्कृति, प्रर्यटन, चेतना र विकासलाई आत्मसाथ गर्दे समाजसेवी, बुद्धिजिवी, सञ्चार उद्धमि, राजनितीक्ष, उधोगी, प्रर्यटन व्यसाहि, न्यायाधिस, चिकित्सक, साँसद, लगाएतको बिशेष सक्रियतामा रेडियो सञ्चानलनमा आएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *