बिद्यालयबाटै किताब, कपी, स्टेशसनरी बेच्ने बिद्यालयलाई कारवाही गर्न महासंघको माग !

ताराप्रसाद शर्मा, बागलुङ, २०७६ बैसाख ११ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बागलुङले बिद्यालयवाटै किताव बेच्नेलाई कारवाहीको माग गरेको छ ।

जुनसुकै बिद्यालयले बिद्यालयभित्रवाटै किताव कपि तथा अन्य स्टेशनरी सामान बेच्न नपाइने भएपनि सदरमुकाम स्थित एक बिद्यालयले बिद्यालयवाट किताव कपि तथा अन्य स्टेशनरी सामान बेचेको भन्दै महासंघले कानुनी कारवाहीको माग गरेको हो ।

महासंघले जिल्ला शिक्षा समन्वय इकाई कार्यालय बागलुङलाई ज्ञापनपत्र बुझाउदै शिक्षा नियमावली र सर्वोच्च अदालतको निर्णय बिरुद्ध बिद्यालयवाट स्टेशनरी समान बेच्ने सिद्धार्थ शिक्षा सदन बानपा १ रामरेखालाई आवश्यक कानुनी कारवाहीको माग गरेको हो ।

समन्वय इकाई प्रमुख कुश्मराज उपाध्यायलाई ज्ञापनपत्र बुझाउँदै महासंघ बागलुङका अध्यक्ष थानेश्वर सुवेदीले सम्वन्धीत बिद्यालयलाई महासंघको तर्फवाट धेरै पटक आग्रह गरिएपनि गल्ती सुधार नगरेकाले कानुनी बाटो रोज्न बाध्य भएको बताए ।

समन्वय इकाई प्रमुख उपाध्यायले शिक्षा इकाईको काम महासंघले गरेको प्रति आभार प्रकट गर्दै ऐन कानुन सवैले पालना गर्नुपर्ने भएकाले कानुन बिपरितका काम गर्नेलाई कारवाहि हुने बताए । उनले नगरपालिका र प्रशासनसंग समन्वय गरेर आवश्यक छलफल तथा कारवाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

बिद्यालय स्टेशनरी बेच्ने संस्था नभएकाले सम्वन्धीत बिद्यालयलाई कार्यालयमा बोलाएर सम्झाई बुझाई गर्ने र यसो गर्दा पनि वेवास्था गरेमा कानुनी कारवाही गर्ने प्रमुख उपाध्यायको भनाई थियो ।

महासंघका गण्डकी प्रदेश सचिव धु्रवप्रसाद शर्माले सम्वन्धीत बिद्यालयलाई महासंघको तर्फवाट किताव, कपि, पोषाक बिद्यालय भित्रवाट नवेच्न पटक पटक आग्रह गरिए पनि कुनै सुनुवाई नभएकाले सम्वन्धीत निकायलाई कानुनी कारवाहीका लागि आग्रह गरिएको बताए ।

उनले सम्वन्धीत निकायवाट पनि ठोस कदम नचालेमा महासंघ र व्यवसायीहरु एकजुट भएर आवश्यक कारवाहि गर्ने चेतावनी दिए । शर्माले बिद्यालयले स्टेशनरी सामान बेच्ने हो भने पान नम्वर, भ्याट लिएर सरकारलाई कर तिर्नुपर्ने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *