बडीगाडमा महिलाहरुको लागी नेतृत्व विकास तालिम सम्पन्न !

कमल पौडेल खर्वाङ २०७६ बेशाख ११ । बडीगाड महिला तथा वालवाकिा सशक्तिकरण केन्द्र को आयोजनामा खर्वाङमा ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ। बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा संचालित सो तालिममा गाउँपालिका भित्रका वडा नं. १,२,३,४, र ८ बाट १०÷१० जना महिलाहरुको सहभागिता रहेको छ। समापन कार्यक्रममा वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेल, बडीगाड युवा मञ्चका अध्यक्ष ढालेन्द्र शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तालिममा अधिकारकर्मि ममतादेवी शर्मा र सकुन्तला शर्माले सहजिकरण गरेका थिए ।

समापन कार्यक्रम बडीगाड महिला तथा वालवालिका सशक्तिकरण केन्द्रका अध्यक्ष विना थापाको अध्यक्षता, सदस्य विष्णुमाया अर्यालयको स्वागत मन्तव्य तथा सचिव माया केसिको सञ्चालनमा सम्पन्न भएको थियो । यस अघि चैत्र ५ गते देखि ३ दिन सम्म खार बजारमा वडा नं. ५, ६, ७, ९ र १० का ५० जना महिलाहरुको लागी नेतृत्व विकास तालिम सञ्चालन गरेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.