त्रिभुवन मावि खर्बाङमा नयाँ विद्यार्थीलाई स्वागत : हाल सम्म ९ सय विद्यार्थी भर्ना, अभियान जारी !

कमल पौडेल, बडीगाड बागलुङ २०७६ बैशाख ११ । त्रिभुवन नमुना मावि बडीगाड गाउँपालिका २, खर्वाङमा शैक्षिक सत्र २०७६ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल सहित विद्यालयका शिक्षकहरुले नवआगन्तुक विद्यार्थीहरुलाई टीका र खादा लगाएर स्वागत गरेका हुन् ।

विद्यार्थीहरुलाई स्वागत गर्दै अध्यक्ष भुसालले बालमैत्री बातावरणमा विद्यालयमा अध्यापन हुने भन्दै विद्यार्थीको भविष्यको लागी शिक्षक, अभिभावक र विद्यार्थी सवै जागरुक हुनुपर्ने वताए ।

कार्यक्रममा निजी विद्यालय सहित विभिन्न विद्यालयबाट आएका तथा केहि नयाँ विद्यार्थी गरि एक सय बढी विद्यार्थीहरुलाई स्वागत गरिएको हो। जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित हुँदै गएको विद्यालयमा साधारण धार तर्फ नेपाली तथा अंग्रेजी माध्यम र प्राविधिक धार तर्फ कृषि बाली विज्ञानमा कक्षा संचालन भैरहेको छ ।

यसै विच विद्यालयले विद्यार्थीहरुको लागी १५ दिने हस्तलेखन तालिमको आयोजना गरेको छ । बाहिरवाट प्रशिक्षक मगाएर अहिले तालिम चलिरहेको विद्यालयका सहायक प्रधानाध्यापक एवं सुचना अधिकारी शिव पोखरेलले ईबागलुङलाई जानकारी दिए । सहायक प्रधानाध्यपक पोखरेलले नयाँ शैक्षिक सत्र २०७६ को लागी अहिले सम्म करिव ९ सय विद्यार्थी भर्ना भएको, विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरि पठनपाठन सुरु भएको र बैशाख महिनाभर विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम चलिरहने बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *