गल्कोट चमुवा आधारभुत बिद्यालयमा सहयोगदाता सम्मान कार्यक्रम सम्पन्न !

घनश्याम गौतम गल्कोट २०७६ बैशाख १० । गल्कोट नगरपालिका बडा नम्बर ४ मा चन्दादाता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चमुबा आधारभुत बिद्यालयलाई आर्थिक सहयोग गर्ने गल्कोट समाज जापानका उपाध्यक्ष भिम क्षेत्री र श्रीमती जमुना क्षेत्रीलाई सम्मान गरिएको हो ।

क्षेत्री दम्पतीले बिद्यालयको आर्थिक भौतिक तथा शैक्षिक बिकासको लागी २ लाख ११ हअजार १ सय १५ रुपैया आर्थिक सहयोग गरेका छन् । साथै सोहि अबसरमा गलकोट समाज जापानका उपाध्यक्ष भोजेन्द्र सुबेदीले १ लाख ५१ हजारर १ सय ११ सहयोग गरे । सो अवसरमा चन्दादाता सुवेदीलाई पनि सम्मान गरिएको छ ।

सम्मान कार्यक्रमको अबसरमा छात्रबृत्ति बितरण गरिएको थियो । भिम बहादुर क्षेत्रीले घोषणा गरेको छात्रबृत्तिबाट चमुवा आधारभुत बिद्यालयकी कक्षा ६ मा अध्ययनरत छात्रा हिरा शर्मालाई नगद १५ हजार प्रदान गरिएको थियो । क्षेत्रीले छात्रा शर्मांलाई कक्षा १० सम्म अध्ययन गर्दा प्रत्येक बर्ष नगद १५ हजार सहयोग गर्ने बताएका छन् ।

सम्मान कार्यक्रममा गल्कोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचाले अभिभाबकको सहयोगलाई बिद्यालयले सदुपयोग गदैं शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने सुझाव दिईन् ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद सुबेदीको अध्यक्षता शिक्षक टिकाराम शर्माको स्वागत तथा शिक्षक पुरुसोत्तम सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गलकोट बहुमुखी क्याम्पसका प्रध्यापक डिलाराम शर्मा र बिद्यालयका प्रधानाध्यापक मुकुन्द सुबेदीले शुभकामना मन्तब्य गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *