निलुवामा आयोजित बनभाेजमा उपप्रमुख काउचाले भिनन् – ‘निलुवाकाे बिकासका लागि सहकार्य जरूरी !’

गुमानसिँह भण्डारी, गल्कोट २०७६ बैशाख १० । गल्कोट समाज जापान र निलुवा समाज जापानले गल्कोटकाे पर्यटकीय क्षेत्र निलुवाकाे बिकासका लागि सहकार्य गर्नुपर्ने गल्कोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले बताएकी छन् । निलुवा समाज जापानका अध्यक्ष भाेजेन्द्र सुवेदीकाे आर्थिक सहयाेग र निलुवा पर्यटकीय क्षेत्र प्रवद्वन समितिकाे आयाेजनामा गलकाेट नगरपालिका ४ निलुवामा आयाेजना गरिएकाे बनभाेज कार्यत्रममा बाेल्दै काउचाले यस्तो बताएकी हुन ।

नगर उपप्रमुख काउचाले जापानमा भएका गलकाेटबासीले निलुवाकाे पर्यटन पर्वद्वनका लागि खेलेकाे भुमिका प्रसशनीय भएकाे उल्लेख गर्दै आगामि दिनमा नगरपालिका सङ्ग सहकार्य गरि अगाडी बढन समेत आग्रह ग िरन । नगरपालिकाले गल्काेटमा भएका पर्यटकयी क्षेत्रकाे बिकासका लागि गुरूयाेजना तयार पारेकाे भन्दै काउचाले अब छिटै कार्यान्वयन हुने बताइन ।

कार्यत्रममा गलकाे समाज जापानका उपाध्यक्ष भिम ब खाती, निलुवा समाज जापानका अध्यक्ष भाेजेन्द्र सुवेदी, गलकाेट नगरपालिका ४ का अध्यक्ष बल बहादुर खत्री लगायतले मन्तव्य राखेका थिए ।

बनभाेज कार्य ममा जनप्रतिनिधि, राजनैतिक दल, स्थानिय गरि करिब ५० जनाकाे सहभागिता रहेकाे थियाे । साे अवसरमा कलाकार निसा श्रिस, रिमा बस्नेत, सुनिता बाेहाेरा, नारायण नेपाली लगायतकाे साङ्गीतिक प्रस्तुति रहेकाे थियाे । कार्यत्रम समितिका अध्यक्ष अाेमकार सुवेदिकाे अध्यक्षता र सचिव हेमराज गैरेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *