ढोरपाटन शिकार आरक्षले भव्यरुपमा मनायो २४ औँ वन्यजन्तु सप्ताह !

ढोरपाटन २०७६ बैशाख १० । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-९ ढौर स्थित मुलुककै एकमात्र ढोरपाटन शिकार आरक्ष कार्यालयले २४ औँ वन्यजन्तु सप्ताह २०७६ विविध कार्यक्रहरु गरी मनाएको छ ।

‘वन्यजन्तु संरक्षणका लागी सहकार्य’ भन्ने भन्ने मुल नाराका साथ आयोजित सप्ताहव्यापी कार्यक्रममा वन्यजन्तु संरक्षण सम्वन्धि स्थानीयवासी विद्यार्थीहरु समेतको व्यापक सहभागितामा जनचेतना मुलक -याली, सरसफाई अभियान, अग्निनियन्त्रण सम्वन्धी डेमोन्ट्रेशन नाटक प्रदर्शनका साथै घोँडा दौड प्रतियोगिताको आयोजना गरिएको थियो ।

सप्ताहाव्यापी कार्यक्रममा ढोरपाटन शिकार आरक्ष कार्यालयकी प्रमुख सरस्वती सापकोटा, ढोरपाटन स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मका उपसेनानी दिलबहादुर शाही, सहायक वन संरक्षण अधिकृत विष्णु रोकाया ढोरपाटन स्थित जनज्योति बिद्यालयका प्रधानाध्यापक चकबहादुर छन्त्याले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सप्ताह व्यापी कार्यक्रममा स्थानीय भद्रभलाद्मीहरुको व्यापक सहभागिताले कार्यक्रम भव्यरुपमा सम्पन्न भएको ढोरपाटन शिकार आरक्षका रेन्जर दीपक चौधरीले ईबागलुङलाई जानकारी दिएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.