अबिरल बर्षाले पहिरो खस्दा मल्मको छिसमा मध्यपहाडी लोकमार्ग अवरुद्ध !

गल्कोट २०७६ बैशाख १० । गल्कोट नगरपालिका-९ बडागाउँ खानीखोला हिँजो राति देखी परेको पानी र पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । मल्म र रिघा छिर्ने नाकाको पहिरो पन्छाउने कार्य भैरहेको र अझै दुईघण्टा पछी लोकमार्ग सन्चालनमा आउने सहकर्मी शिशिर मल्लले जानकारी दिएका छन् ।

गल्कोट नगरपालिकाका ९ का वडाध्यक्ष तेजबहादुर थापाको नेतृत्वमा लोकमार्ग सरसफाईको काम तीब्ररुपमा भएको पनि मल्लले जानकारी दिएका छन् ।

तस्वीर- शिशिर मल्ल मल्म ।
थप विवरण आउन बाँकी ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.