खरुवा माबिको ४७ औ बार्षिकोत्सब तथा अबिभाबक दिबस सम्पन्न !

चन्द्रमणी न्यौपाने, गल्कोट २०७६ बैशाख १० । गल्कोट नगरपालिका ४ स्थित खरुवा माद्यामिक बिद्यालयको ४७ औ बार्सिकोत्सब तथा अबिभाबक दिबस सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बिद्यालयले बिगतका शैक्षिक क्रियाकलापको समिक्षा र भाबी योजनासहित बार्सिकोत्सब मनाउनुपर्ने बताउनुभयो गैरेले १ बर्षको प्रयासपछी शिक्षक ब्यबस्थापनको कार्य अगाडि बढिरहेको बताउदै राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल प्राप्त गर्ने अबस्था सृजना गर्न र नगरको प्रत्येक शैक्षिक सुधारका निम्ति सबै हातेमालो गरेर अगाडि बढनुपर्ने बताए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हेमराज गैरेले बार्षिक बिद्यालय प्रतिबेदन प्रस्तुत गरेका थिए भने गल्कोट नगरपालिकाका नवागन्तुक नगर शिक्षा अधिकारी पदमराज आचार्य, खरुवामा शिक्षक बिष्णु बहादुर क्षेत्री र कोपिला न्यौपानेलाइ स्वागत गरिएको थियो ।

सोही अबसरमा नेपाली काङ्ग्रेस जिल्ला सदस्य फम खत्री, राष्ट्रिय जनमोर्चा गल्कोट नगर अध्यक्ष टंक केसी, गल्कोट बहुमुखी क्याम्पसका प्रमुख कृष्णप्रसाद गौतम, नेपाल प्राध्यापक संघ गल्कोट बहुमुखी क्याम्पसका सयोजक डिलाराम शर्मा, गोल्डेन फ्युचर बोर्डिङ स्कुलका प्रिन्सिपल चुडामणि शर्मा लगायतले शुभकामना मन्तब्य दिएका थिए । त्यस्तै कलाकार निशा श्रीसको साङ्गीतिक प्रस्तुती रहेको थियो । उक्त अबसरमा गल्कोट नगरपालिका ४ का भिम बहादुर क्षेत्रीले गल्कोट नगरपालिकाका ८ बिद्यालयका बिपन्न बिद्यार्थीलाइ माद्यामिक शिक्षा परीक्षासम्मको पठनपाठनमा सहयोग पुग्ने गरि प्रती बिद्यार्धी प्रतेक बर्ष रु १५ हजारका दरले छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्दै यस बर्षको लागि छात्रवृत्ति प्रदान गरेका थिए । उहाले वैदेशिक रोजगारको क्रममा ओमनमा मृत्यु भयका गमबहादुर क्षेत्रीको छोरी समिक्षा र छोरा पुरण क्षेत्रीको शिक्षामा खर्चिने गरि नगद रु २ लाख रकम हस्तान्तरण समेत गरेका थिए ।

दुबै मृगौला फेल भै उपचारको क्रममा रहेका गल्कोट नगरपालिका ४ का बिकास खत्रीको परिवारलाई निलुवा समाज चमुवा जापानका अध्यक्ष भोजेन्द्र सुबेदीले जापानमा कार्यरत गल्कोटेहरुको सहयोगमा संकलन गरिएको नगद रु ५ लाख ७ हजार ८ सय ७७ र दुर्घटनामा परेका शन्तोष दर्जीको उपचारको लागि नगद रु ७१ हजार २ सय ९६ प्रदान गरेका थिए ।

साे अवसरमा भोजेन्द्र सुबेदीले खरुवा माद्यामिक बिद्यालयमा कक्षा ३ मा अङ्ग्रेजी माध्यम सन्चालन गर्ने उदेश्यले नगद रु ७८ हजार ब्याक्तिगत सहयोग प्रदान गरेका छन ।

बार्षिकोत्सबको अबसरमा आयोजित स्व। हरिमाया स्मृति अक्षय कोषद्वारा सन्चालित अन्तर माद्यामिक बिद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा गोल्डेन फ्युचर बोर्डिङ स्कुल प्रथम, महेन्द्र मा। बि। दितिय र गल्कोट मा। बि। तृतीय भएका छन । कार्यक्रम बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता, शिक्षक गोबिन्द प्रसाद शर्माको स्वागत र शिक्षक चन्द्रमणी न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *