गल्कोटमा पुर्बाधार बिकास सगैं मानवीय सचेतनाको बिकास आबश्यक : नगर उपप्रमुख काउचा

घनश्याम गौतम, गल्कोट २०७६ बैशाख ९ । गल्कोट नगरपालिकाकी नगर उपपमुख रेनुका काउचाले नगरपालिकाले भौतिक पुर्बाधार बिकासमा मात्र नभई मानवीय सचेतनाको बिकासको लागी बिभिन्न कार्यक्रम सञ्चालन गरेको बताएकी छन् ।

गल्कोट नगरापलिका बडा नम्बर ११ रिघामा नागरिक सचेतना तथा नेतृत्ब बिकास कार्यक्रम अन्तरगर्त मुलुकी ऐन २०७४ तथा नेपालको संबिधान २०७२ मा समाबेश भएको नागरिकको मौलिक अधिकार सम्बन्धी तालिम तथा अभिमुखीकरण कायक्रमको उद्घाटन गदैं काउचाले समृद्ध गल्कोट निर्माण गर्न भौतिक पुर्बाधार सगैं मानवीय सचेतनामा बृद्धि गर्नुपर्ने बताएकी हुन् ।

उनले न्यायिक समितिको क्षेत्राधिकार भित्र पर्ने समुदायमा भएका बिबादलाई सामुदायिक मेलमिलाप मार्फत समाधान गर्नुपर्नेमा जोड दिएकी थिईन ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य रुपा बिकले शुभकामना मन्तब्य राखेकी थिईन भने नागरिकको मौलिक अधिकार सम्बन्धी तालिमको अधिबक्ता गोबिन्द गौतमले सहजिकरण गरेका थिए ।

कार्यक्रम गल्कोट नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा नागरिक सचेतना तथा नेतृत्ब बिकास कार्यक्रममार्फत बिनियोजित बजेटबाट सञ्चालन गरिएको हो ।

कार्यक्रममा जनप्रतिनिधी, शिक्षक संघसस्थाका प्रतिनिधी तथा स्थानिय गरि करिब ७० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम बडा नम्बर ११ रिघाका अध्यक्ष डम्मर श्रीसको अध्यक्षता। बडा सदस्य दल बहादुर बुढाथोकीको स्वागत तथा बडा सचिब डिल बहादुर श्रीसको सञ्चालनमा सम्पन्न्भएको थियो । कार्यक्रम भोलि मनेबा आधारभुत बिद्यालयमा सञ्चान हुने बडा कार्यालयले जनाएको छ ।
फाईल तस्वीर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *