काठेखोला गाउपालिकामा पशु स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न !

कोपिला कंडेल, बागलुङ २०७६ बैशाख ९ । काठेखोला गाउंपालिकाको आयोजनामा पशु स्वास्थ्य तथा कृतिम गर्भाधान बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको सहजिकरण गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. नारायण शर्मा पौडेलले जिल्लालाई कृषिक्षेत्रको रुपमा बिकास गर्नका लागि पशु स्वास्थ्यमा बिशेष ध्यान पुर्याउनुपर्ने बताए । समय समयमा पशुको स्वास्थ्य जाच कृतिम गर्भाधान घास तथा दानापानि लगायतका पशुआहारा सम्बन्धी कृषकहरुलाई जानकारी नहुदा पशुबाट भरपुर फाईदा लिन नसकिने भन्दै केन्द्रका प्रमुख शर्माले, किसानहरुलाई आफ्ना पशु बस्तुबारेमा पशु बिज्ञको सल्लाह सुझाव लिन समेत आग्रह गरे ।

उनले बिशेष गरी काठेखोलाको बिहुंमा पशुपालनको लागि महत्वपुर्ण क्षेत्र भएकाले पशुबस्तुको आहार बिहार र स्वास्थ्यमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पशु संग सम्बन्धीत बिभिन्न सघंसस्थाका प्रमुख तथा प्रतिनिधी लगायतका २८ जनाले सहभागिता जनाएका थिए । सो अवसरमा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख नारायण शर्माले काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष एबं आर्थिक बिभाग संयोजक युक्त प्रसाद कंडेललाई पशु तथा कृषि कार्यबिधी सम्बन्धी संगालो हस्तान्त्रण गरेका थिए ।

कार्यक्रम काठेखोला गाउंपालिका वडा नम्वर ६ का अध्यक्ष एबं आर्थिक बिकास संयोजक युक्त प्रसाद कंडेलको अध्यक्षता, गाउंपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम विश्वकर्माको स्वागत मन्तब्य र योजना शाखाका मनोज कार्कीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *