नेकपा एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न !

गल्कोट ,२०७२ चैत्र १२ गते ।  नेकपा एमाले गलकोट नगर कमिटीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य तथा बागलुङ ईन्चार्ज मनकुमारी केसीले नेकपा एमाले जनताको लोकप्रिय पाटी बन्दै गएकोले आगामी निर्वाचनमा पहिलो पाटी बन्ने दावी गरेकी छिन । सो अबसरमा बोल्दै केसीले स्थानिय तहको निर्वाचनको तैयारी गर्न कार्यकर्तालाई निर्देशन दिएकी छिन ।

कार्यक्रमा नेकपा एमाले बागलुङका सचिव लालबहादुर थापाले निर्वाचन केन्द्रित प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेकपा एमाले बागलुङका जिल्ला सदस्य रत्ना भण्डारी ,बुलबहादुर केसी र सचिवालय सदस्य सञ्जय श्रेस्ठले मन्तब्य दिएका थिए । कार्यक्रम गलकोट नगरकमिटी ईन्चार्ज डम्मर श्रीसको अध्यक्षता र राम खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा डम्मर श्रीस संयोजक रहेको गलकोट नगरकमिटीको विस्तार गरिएको थियो । त्यसैगरी बुलबहादुर केसीको संयोजकत्वमा निर्वाचन परिचालन समिति ,चिन्त बहादुर नेपालीको संयोजकत्वमा युवा परिचालन तथा स्वयसेबक परिचालन समिति , पुर्ण काउचाको सँयोजकत्वमा आर्थिक समिति ,होम बस्नेतको संयोजकत्वमा प्रचार प्रसार समिति र याम श्रीसको सँयोजकत्वमा बिशेष निर्देशन समिति गठन गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.